साउदी अरबमा बृहत साँस्कृतिक कार्यक्रमका साथ सोनाम ल्होछार मनाइदै

आरबी लामा
साउदी अरब । वैदेशिक रोगगारको सिलसिलामा साउदी अरबमा पुगेका नेपालीहरुले तामाङ समुदायको महान साँस्कृतिक पर्व २०५५ (फा ल्हो) सोनाम ल्होछार विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाईने भएको छ । १८ जनवरि २०१९ शुक्रबारका दिन साउदि अरबको रियाद स्थित एक्जिट १८ स्तरामा ‘बृहत साँस्कृतिक कार्यक्रम–२०१९’ को आयोजना गर्दै तामाङ जातिका महान पर्ब (नयाँ बर्ष) फा ल्हो सोनाम ल्होछार भब्यताका साथ मनाईने भएको हो ।

उक्त कार्यक्रममा अतिथि कलाकार देशु गोलेको दमदार प्रस्तुति, स्थानिय स्तरका स्तरिया कलाहरु, गीत सङीत साथै नेपाली मौलिकता झल्कने किसिमका प्रस्तुतिहरु सेलो, म्हेन्दोमायाँ लगाएत नृत्य तथा अन्य बिबिध प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष राम लामाले तेमाल अनलाईनलाई जानकारी दिए । कार्यक्रमलाई भब्यताका साथ सफल नेपाल इन्भेष्टमेन्ट बैंक पृथ्वी रेमिटले मुख्य प्रायोजन गर्ने भएको छ । डिएक्सन रियाद र अल तयार ट्रावलले सह–प्रायोजन गरिएको छ । आयोजकले कार्यक्रममा अनिवार्य उपस्थितिका लागि सबैमा अनुरोध समेत गरेको छ ।

Comments

comments