तामाङ गीत सांगीतिक दुनियाँमा दैनिकजसो नयाँ नयाँ गीतहरु बजारमा आइरहेको छ। त्यस्तै गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको “जेबा म्राङसी” म्युजिक भिडियो सोमबार सार्वजनिक गरेको हो । गायक अशोक तामाङले दर्जनौ तामाङ, तामाङ सेलो गीतहरुमा स्वर दिइसकेका छन् ।भने गायिका निर्मला घिसिङ हल गीत संगीतका क्षेत्रमा निकै व्यस्त गायिका हुन ।

यस तामाङ गीतको शब्द कुमार स्याङबाको भने, संगीत निमा दोङले गरेका थिए ।उक्त म्युजिक भिडियोमा अभिनय अभि तामाङ र साहीन तामाङले गरेका छन् ।

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारलाई लक्षित गरेर भिडियोलाई सार्वजनिक गरेको निर्देशक सुर्य लामाले जानकारी दिनुभयो । अझै ल्होछारलाई लक्षित गरेर धेरै गीतहरु छायांकन गर्दै गरेको लामाले जनाएको छ ।

उक्त म्युजिक भिडियोको निर्देशन, छायांकन तथा सम्पादक सुर्य लामाले गरिएको हो भने
मिडियाले जेबा म्राङसीको भिडियो स्वयम्भू पारी सेतो गुम्बाको पछाडि छायांकन गरेको गायक अशोक लामाले जनाएको छ । उक्त गीतको भिडियोलाई जिग्मे मिडियाको युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो ।
गायक अशोक तामाङले आगामी दिनहरुमा दर्शक र श्रोताको इच्छा अनुसारको गीतहरु बजारमा ल्याउने प्रतिबद्धता समेत गर्नुभएको थियोे ।

Comments

comments