तेमाल अनलाईन संवाददाता,
दक्षिण कोरिया । नव सेलो गायक ज्ञान लामाको “साईली बोर्से वा माईली” तामाङ गीतकाे अडियो युट्यूबमा मंगलबार सार्वजनिक भएको छ ।
तामाङ सेलाे गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै नव गायक- गायिकाले आफ्नो गीत संगीत लिएर आउने क्रम बढी रहेको छ । त्यसैमध्येको एक गायक ज्ञान लामा कोरियामा रोजगारी गर्दै सेलो गीत संगीतमा केही गर्छु भनेर सिक्दै आफ्नो स्वरमा रहेको गीतहरू पस्किदै आएका छन्। गायक ज्ञान लामाको “नुवाकोटे मैच्याङ” पछि यो दोस्रो गीत हो । याे गीतमा कल्पना वाइबाकाे शब्द, युनिक दाेङकाे संगीत छभने गायक ज्ञान लामा र गायिका निर्मला घिसिङले स्वरमा दिएका छन् । गीतमा नोर्बु शेर्पाको एरेन्ज, दिपेश प्रधानको मिक्सिङ, सरगम रेकार्डिङ स्टुडियाेमा रेकार्डमा भएको गीत सेलो सरगम युट्यूबमा च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीत सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहाेला….

























