मिस तामाङ–२०१९ को अडिसन सकियो

काठमाडौं । तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा आयोजना गरिउको ‘मिस तामाङ–२०१९’ को अडिसन सकिएका छ । अडिसमा २६ जना तामाङ युवतीहरुले भाग लिएका थिए ।

एभरेष्ट फेसन होम र साधना कला केन्द्रले ‘मिस तामाङ –२०१९’ का लागि आवेदन पुस १५ गतेदेखि खुल्ला गरिएको थियो ।
तामाङ युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई तामाङ जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले मिस तामाङ आयोजना गर्दै आइरहेको छ ।

‘मिस तामाङ २०१९’का विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत सहजै भाग लिन पाउने व्यवस्था गरिएको एभरेष्ट होम की अध्यक्ष रञ्जीता लामाले तेमाल अनलार्यनलाई जानकारी दिए ।

प्रारम्भीक छनौटमा परेकाहरुलाई आत्मविश्वास, व्यक्तित्व विकास तथा साँस्कृतिक जागरण लगायतका विभिन्न विषयमा एक महिने तालिम शुरु गर्ने अध्यक्ष लामाले बताए ।

यस प्रतियोगितामा दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगाएतको ठाउँबाट सहभागी रहेको लामाले जानकारी दिइन ।

‘मिस तामाङ २०१९’लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी गरिएको उनको भनाई छ ।

Comments

comments