सुङरिम जेवा लाली ग्रवारी पाउडरसे
ज्याबा म्राङवा छेमेला अनुहार थे।
दार्सेला छामे प्योवा -प्योवा२
जेवा जेवा ब्योन ख्लाला
अर्कुलान खेप्पा तोपा।
भन्ने बोलका गीतको म्युजिक भिडियो शुक्रबार काठमाडौंको बाैद्वमा पत्रकार सम्मेलन गरि तामाङ गीत संगीतका बजारमा ल्याएको छ।

तामाङ समुदायमा सर्वादिक चर्चित नायक अमिर दाेङद्वारा अभिनित दार्सेला छामे म्याेवा तामाङ म्युजिक भिडियाे शुक्रबार नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइवाकाे प्रमुख अतिथ्यतामा दार्सेला छामे म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।
बिशेष अतिथि चर्चित संगीतकार तथा गायक विशाल काल्तान,एभरेष्ट होम फेसनका अध्यक्ष रञ्जिता ब्लोन,कलाकार अन्य व्यक्तिहरूकाे उपस्थितिमा पत्रकार सम्मेलन गरि उक्त म्युजिक भिडियाे सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूले याे म्युजिक भिडियाे हेरेर सल्लाह र सुझाव दिएका थिए । अहिले तामाङ भाषाका धेरै चलचित्रहरू निर्माण भएकाे छ साथै गीत तथा म्युजिक भिडियाेहरू निर्माण हुने गरेका छन् जुन अन्य जनजातिहरू भन्दा तुलनात्मकरूपमा अगाडी छन् ।

नायक अमिर दाेङ अाफैमा चर्चित नायक हुन् । उहाँले धेरै तामाङ चलचित्र तथा म्युजिक भिडियाेहरूमा अभिनय गरिसकेका छन् । याे दार्सेला छामे म्याेवा म्युजिक भिडियाे नायक अमिर दाेङ अाफैले निर्देशन गरेका हुन् । तर याे म्युजिक भिडियाेमा उहाँले नयाँ कलाकारहरूलार्इ अभिनय गर्ने अवसर दिनु भएकाे छ ।

यस दार्सेला छामे म्याेवा म्युजिक भिडियाे तामाङ समुदायमा चल्दै अाएकाे परम्परागत ठट्टयाैलीमा अाधरित कथालार्इ परिकल्पना गरी अहिलेका नारीहरूले लगाउने पहिरानलार्इ गीतकाे माध्यमबाट व्यङ्ग्य गरेकाे दृश्य देख्न सकिन्छ ।

संगीत तथा शब्द सानुबाबु घिसिङ ,स्वर गायक मदन ग्लान र चर्चित गायिका जितु लोप्चानको रहेको छ।भने क्यामेरा विक्रम लामा कोरियोग्राफर मिलन दोङले गर्नु भएको थियोे ।

मुख्य अभिनयमा चर्चित निर्देशक तथा नायक अमिर दोङ र गायक मदन ग्लान र नव माेडल कल्पना दाेङ र सम्झना दाेङले गर्नु भएको छ।

Comments

comments