चे ग्वेभाराले आफ्नो बच्चाहरुलाई लेखेको अन्तिम चिठ्ठी
प्रिय हिल्दिता, अलेइदिता, क्यामिलो, सेलिमा र अर्नेष्टो
यदि तिमीहरूलाई कहिल्यै यो चिठ्ठी पढ्नुपर्यो भने, यसको मतलब यो हुनेछ कि अब म तिमीहरूसँग छैन । तिमीहरूले व्यावहारिक रूपमा मलाई सम्झने छैनौ र साना नानीहरूले त बिर्सिसकेकै हुनेछौ ।
तिमीहरूको बुवा यस्तो मान्छे रहेको छ, जसले आफ्नो आस्था अनुसार काम गर्यो र निश्चितरूपमा उसको दृढविश्वास प्रति वफादार थियो ।
असल क्रान्तिकारीहरूको रूपमा हुर्कनू । मिहिनेत गरेर पढ्नू, ताकि तिमीहरूले प्रविधिमा विज्ञता हासिल गर्न सक, जसद्वारा मात्र हामीले प्रकृतिमाथि पूर्ण ज्ञान हासिल गर्न सक्छौँ । यो सम्झनु कि क्रान्ति महत्वपूर्ण हो र हामी प्रत्येक, एक्लै मूल्यहीन छौँ ।
सबैभन्दा पहिले, विश्वमा जतासुकै जोसुकैका विरुद्ध गरिएको अन्यायलाई सँधैभरी गहिरो गरी महशुस गर्नसक्ने बन्नू । यो एउटा क्रान्तिकारीमा हुने सबैभन्दा सुन्दर गुण हो ।
मेरा बच्चाहरू, अन्तिमसम्म पनि मैले तिमीहरूलाई भेट्न पाउने आशा गरेको छु ।
तिमीहरूलाई एउटा ठूलो चुम्मा,
तिम्रो बाबा

Comments

comments