भक्तपुर ,मिडिया क्षेत्रमा अाफ्नो भविष्य खोजिरहेको अास्मान लोप्चन गीत संगीत क्षेत्रमा पनि लाग्नु भएको छ। सञ्चारकर्मी तथा युवा गायक आस्मान लोप्चनको नयाँ गित लेकमा जाँदा बोलको गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी प्रितम तामाङ र ममता मोक्तानको जोडदार अभिनय रहेको म्युजिक भिडियो बजारमा अाएको छ।

गएको वर्ष सार्वजानिक भएको खान्दोके सेलो “बल्लपो तामाङको हुल उठेउ”को अपार सफलता पछि फेरि अर्को आशालाग्दो नयाँ सेलो गित “लेकमा जाँदा” सार्वजनिक गरेको हो ।

तामाङ ल्होछार नजिकिदै गर्दा यस सेलो भाकाले बजार तताउन सक्ने गायक आस्मान लोप्चानले अपेक्षा गरिएको छ।

गीतमा शब्द,संगित तथा स्वर गायक आस्मान लोप्चन कै रहेको छ । गीतको भिडियोमा दुई युवक लेकमा घुम्न जाँदा एउटी तामाङनीलाई देखेपछी दुई साथिहरुले तामाङनी संग बिताएका पलहरुलाई देखाईको पाइन्छ ।

अभिनय स्वयम् आस्मान लोप्चन र सन्चारकर्मी प्रीतम तामाङले अभिनय गरेका हो भने ममता मोक्तानको मुख्य भुमिकामा देखिन्छ ।

भर्खरै मात्र सार्वजानिक भएको गीतक‍ो भिडियो बुद्ध लामाले निर्देशन गरेका छन ।

अहिले सम्म आस्मान लोप्चनको ५ वटा गित बजारमा आएको छ । पहिलो गित आस्यसङकि छोरी क्या राम्री , हिमाल पारिको गाँउमा, नक्कली गोरि ठिटीलाई , बल्ल पो तामाङ हुल उठेउ र नयाँ गित लेकमा जाँदा भन्न गीतहरु बजारमा अाइसकेको छ।

Comments

comments