काभ्रे । चौरीदेउराली गापा–३ माझिफेदामा रहेको काफ्ले छोइलिङ कृषि सहकारी संस्थाको चौथो बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारणसभाले जगतबहादुर घिसिङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सबित्री माया तामाङ, सचीव चलाख सिंह तामाङ, स–सचिव सुवास घिसिङ, कोषाध्यक्ष मसली तामाङ र सदस्यहरुमा वीर बहादुर बिक, बस्मान घिसिङ, बिनोद घिसिङ, बिष्णुमाया तामाङ, डोयन तामाङ, दिलमाया बिक, सोमली (फुलामाया) तामाङ , अनिता तामाङ रहेका छन्। वडा नं. ३ का वडाध्यक्ष बिनोद घिसिङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा भुतपुर्व गाबिस अध्यक्ष तथा छ्योइलिङ कृषि सहकारीको संस्थापक अध्यक्ष किर्ती बहादुर तामाङको विशेष उपसस्थितिमा सम्पन्न भएको भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । साथै साधारणसभाले संस्थाको ५१ कित्ता शेयर समेत खुल्ला गरेको समितिले बताए ।

Comments

comments