इराकमा पनि सोनाम ल्होछार भव्यताका साथ मनाउने

जेपी मोक्तान
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक (कुर्दिस्तान) पुगेका नेपालीहरुले बृहत साँस्कृतिक कार्यक्रमका साथ २८५५ औं फाग (ढ्वा) सोनाम ल्होछार मनाउने भएको छ ।

तामाङ जातिको महान साँस्कृतिक पर्वको रुपमा रहेको सोनाम ल्होछारको अवसरमा ‘सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम–२०७५’ को आयोजना गरेको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तन, इराकको आयोजनामा उक्त साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम ‘तामाङ भाषा धर्म सांस्कृतिक परम्पराको संरक्षण गरौं, २८५५औं ढ्वा ल्हो(सुंगुर बर्ग)सोनम ल्होछार भब्यता साथ सफल पारौं ।’ भन्ने मुल नाराका साथ आगामी ८ फरवरी २०१९ शुक्रबारको दिन हुने तेमाल अनलाइनलाई आयोजकले जानकारी दिएको छ ।

नबरोज हल अर्बिलमा हुन लागेको उक्त भव्य कार्यक्रममा नेपाल तामाङ कलाकार संघकी कोषध्यक्ष एबं बरिष्ठ गायिका शशिकला मोक्तान, चर्चित गायक गोन्पो शेर्पा र म्हेन्दोमाया गायक कान्छा लामाको बेजोड सांगीतिक प्रस्तुति रहने नेपाल तामाङ घेदुङ, इराकका अध्यक्ष च्याङ्बा लामाले जानकारी दिए ।

अध्यक्ष लामाले विदेशमा रहेपनि आफ्नो मौलिक सँस्कृतिलाई सम्बद्र्धन गर्न कार्यक्रमको आयोजना गरेकोले समस्त प्रवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।

Comments

comments