त्रिशुली समाज यूएईले सोनाम ल्होछार यसरी मनाउँदै

युएई । वैदेशिक रोजगारको सिलसिलामा युएई पुगेका नुवाकोट जिल्ला त्रिशुलीका तामाङहरुले स्थापना गरेको संस्था त्रिशुली समाज युएईले २८५५ औं सोनाम ल्होछार मनाउने तयारी गरेको छ ।

तामाङ जातिको महान साँस्कृतिक पर्वको रुपमा रहेको २८५५ औं फाग (ढ्वा) सोनाम ल्होछार युएईमा विविध साँस्कृतिक कार्यक्रमका बीच मनाउने तयारीमा जुटेको आयोजकले जानकारी दिएको छ । ‘हाम्रो कला संस्कृति, तामाङ संस्कृतिलाई संरक्षण र समृद्धि गरौ ।’ भन्ने नाराका साथ फरवरी १ तारिखमा उक्त कार्यक्रम अयोजना गर्न लागेको हो ।

कार्यक्रममा चर्चित कलाकारहरू गायिका पूर्णिमा लामा, नायिका तथा मोडल एलिशा राई, सेलो तथा म्हेन्दोमाया गायिका बिना घले तामाङ र म्हेन्दोमाया गायक कीर्ति तामाङ र स्थानीय कलाकारहरुकोले बेजोड प्रस्तुति रहनेछ ।

समाजका सल्लाहकारी दिल वाइबा तामाङले सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।
आयोजकले विभिन्न शहरहरु दुबई शार्जह, अल एनबाट यातायात सुविधाको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ । त्रिशुली समाज युएई ले गत वर्षा २०१८ मा मात्र ६ जना किड्नी फेल र क्यान्सर बिरामीलाई करिब ६ लाख रुपियाँ आर्थिक सहयोग गरिसकेको छ । कार्यक्रमबाट उठेको रकम पनि किड्नी र क्यान्सर पिडित बिरामीलाई सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।