‘कुटु कुटु कान्छु’ आयो बजारमा

बनेपा । लोकप्रिय तथा चर्चित गायिका गितादेवी र संगितकार महेश नेपालको संयुक्त प्रस्तुती रहेको ‘कुटु कुटु कान्छु’ दर्शक माझ आएको छ ।

गितमा गायन गितादेवी र मेहेश नेपालको रहेको छ भने शब्द महेश नेपालको संकलन गरेका हुन् । ४ हजार भन्दा बढि लोक गित गाईसकेकी गितादेवीले लय संकलन गरेकी हुन् भने संगीत संयोजन जुजु गुरुङले गरेका छन् ।

गितको भिडियोमा माया प्रेमको भाव देखाइएको छ । भिडियोमा अभिनय स्वयम् गितादेवी र महेश नेपालको रहेको छ भने साथमा सबिन गौतम लगाएतको कलाकाहरु प्नि रहेका छन् । सागर गौतमले म्युजिक भिडियो खिचेका हुन भने नविन घर्तिमगरले भिडियो सम्पादन गरेका हुन् । राज तामङको नृत्य निर्देशन रहेको गितमा गायक महेश नेपालले आफैले निर्देशन समेत गरेका छन् ।

भिडियो highlights Nepal िच्यानलबाट डिजिटल बजारमा आएको छ ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।