भक्तपुर । तामाङ चलचित्र श्होङको ङयाङ्ला माया बोलको गीत एक कार्यक्रम विच सार्वजनिक गरिएको छ ।
चलचित्रकी नायिका एन्जीला वाईबाको जन्मदिनको अवसर पारेर चलचित्रको उक्त गीत सार्वजनिक गरिएको हो ।
तामाङ चलचित्र रोशन फ्युबको निर्देशनमा सिङ्ग बहादुर तामाङ् को कथा रहेको श्होङ को ङ्याङ्ला माया बोलको गीत सार्वजनिक भएको हो ।
गीतलाई सिंग बहादुर तमाङले रचना र रोशन फ्युबाले संगीत भएका हुन भने जितु लोप्चन र मनोज लोप्चनले स्वर दिएका छन् ।
सिङ्ग बहादुर कै कोरियोग्राफी रहेको गीतमा सिङ्ग बहादुर र नायिका एन्जिला वाइब लाई देख्न सकिन्छ ।
प्रकाश तामाङ को छायान्कन निर्माण भएको उक्त गीत निकै रोमान्टिक रहेको छ ।
ल्हाप्साङ्कार्पो म्युजिक को अफिसियल युट्युब मार्फत भिडियोलाई सार्वजनिक गरिएको हो ।
चलचित्र श्होङ यही फागुन २० गते आष्ठनारायण हलमा बिशेष प्रदर्शन हुँदै छ ।

Comments

comments