जापानको नगोयामा ‘बृहत ल्होछार साँस्कृतिक कार्यक्रम’ हुँदै

जनक थोकर
जापान । विभिन्न कामको सिलसिलामा जापान पुगेनका नेपालीहरुले तामाङ जातिको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवलमा ‘बृहत ल्होछार साँस्कृतिक कार्यक्रम’ हुने भएको छ । कार्यक्रम नेपाल तामाङ समाज, नयोगा जापानले आयोजना गर्न लागिएको हो ।

‘आफ्नो मौलिक पहिचान, भाषा, भेष–भुषा, धर्म, सँस्कृति, रितिरिवाज जोगाइ राख्नु हामी सबैको कर्तव्य हो ।’ भन्ने मुल नाराको साथ आयोजना गर्न लागेको बृहत साँस्कृतिक कार्यक्रम फरवरी २ तारिखका दिन हुने आयोजकले जानकारी दिएको छ ।

सो दिन दिउँसो २ बजे देखि साँझ ९ बजेसम्म नगोया कोकुसाइ सेन्टरमा २८५५औ फाग ल्हो सोनाम ल्होछार तथा बृहत संस्कृतिक कार्यक्रम गर्न तयारीमा जुटेकोसंस्थाको अध्यक्ष सञ्जय तामाङ (म्हेन्दोला)ले बताए ।

साँस्कृतिक कार्यक्रममा राजीब लामा, छवि तामाङ, जनक थोकर, सुरज लामा, म्हारसाङ वाईबा, शन्ती लामा, सम्झना लामा लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक समीर लामाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।