राक्सिराङको गाजा प्रभावित क्षेत्रमा युवा लक्षित कृषि तालिम सुरु

प्रकाश तामाङ
मकवानपुर। मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकामा बिहिवार बाट ३ दिने युवा लक्षित कृषक ब्यबसायी तालिम सुरु भएको छ।

‘पशुपन्छी ब्यबसाय गरि देशमै रोजगार सृजना गरौ’ भन्ने मुल नाराका साथ राक्सिराङ गाउपालिका पशुपन्छी बिकास शाखाले आयोजना गरेको तालिम कार्यक्रममा राक्सिराङका अधिकांश कृषकहरु उपस्थित रहेका छन् । राक्सिराङका हरेक गाउँमा युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले अघि बढाईएको सो कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गरेका थिए।

उनले नेपाल देशको बिकासमा कृषी पेशा नै महत्वपूर्ण रहेको बताए। उनले राक्सिराङका सबै कृषकहरुले अब गाजा खेतीलाई बिस्थापित गर्दै बाख्रा, कुखरा, भैंसी, बङ्गुर पालन लगायत तरकारी तथा फलफूल ब्यबसायमा लाग्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाले राक्सिराङ भित्रका सबै ठाउमा बाटो पुर्याई सबै कृषकहरूको ब्यबसाय चुस्त र दुरुस्त बनाउनका लागि अनुदान स्वरुप सहयोग दिलाउने र निरन्तर सहयोग जारी रहने पनि उनले बताए।

उद्घाटन कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष निर्मला हिम्डुङ्ले गाउपालिकाका युवाहरु बिदेश जान छोडेर आफ्नै गाउँघरमा आधुनिक र व्यावसायिक ढङ्गले कृषि पेशा गरेमा बिदेशमा भन्दा दोब्बर कमाई हुने र आफ्नो देशमा आफैले कमाए बमोजिम परिवार सङ्ग माया ममता पनि बाड्न पाउने बताए।

कार्यक्रममा उपस्थित सबै कृषकहरु तालिम लिन पाउँदा धेरै खुसी थिए। सो क्रममा स्थानिय बाख्रा ब्यबासायी इम्मानुएल तामाङले तालिम सबै कृषकहरुलाई अति आबस्यक रहेको र तालिम लिन पाउँदा ब्यबसाय गर्न धेरै हौसला मिलेको बताए। कार्यक्रममा राक्सिराङ्ग गाउपालिका पशुपन्छी बिकास शाखाका प्रमुख बरुण ठाकुरले पशुपन्छी पालन गरेर परिवार र समाजको आयस्तरलाई माथी उकास्न महत्वपूर्ण सहयोग हुने भएकोले तालिमको आयोजना गरेको बताए। ३ दिनसम्म रहने सो तालिमको प्रशिक्षकमा वरुण ठाकुर सहित सोहि गाउपालिकाका पशु बिकाश संस्थाका प्राबिधिक योगेस मैनाल्ी रहने छन।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।