तामाङ समाज ओमानको ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको तयारी तीब्र

ओमान । तामाङ जातिको महान साँस्कृतिक पर्व सोनाम ल्होछार नजिकिदै गर्दा विभिन्न कामको सिलसिलामा ओमान पुगेकाो नेपालीहरुले ल्होछारलाई भव्य रुपमा मनाउन तीब्र तयारी गरिरहेका छन् ।

नेपाल तामाङ समाज, ओमानले मञ्जुश्री सम्वत् २८५५ फाग ल्हो(सुँगुर वर्ष) तथा सोनाम ल्होछार वृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेपछि उनीहरु तीब्र तयारीमा जुटेका हुन् ।

कार्याक्रम फेब्रवरी ८ का दिन अलमासा हल, रुवी मस्कटमा विहान ११ बजेबाट शुरु हुने आयोजकले जानकारी दिएको छ ।
‘बहुजाती, बहुभाषी, बहुसंस्कृती रहेको हाम्रो देश नेपालको पहिचान अन्तर्गत रहेका हामी तामाङ समुदायले मान्दै आएका एक महत्वपूर्ण चाड सोनाम ल्होछारको शुभ अवसरमा हरेक वर्ष झैं यसपाली पनि हामीले बृहत साँस्कृति कार्यक्रमको आयोजना गरेका छौं ।’ आयोजकले भने, ‘हामी जहाँ भएपनि नेपाली धर्म, सँस्कृतिलाई भुल्न सक्दैनौं ।’

कार्याक्रममा राष्ट्रिय कलकार तथा चर्चित गायक सुरज थापा र गायिका मिङ्स लामाको वेजोड प्रस्तुती रहनेछ । साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुतीहरू रहने छ । सो अवसरमा शैक्षिक कोष अन्तर्गत बिकट गाउँको बिद्यालयलाई सहयोग पुराउने उदश्यले बिशेष च्यारेटी सो समेत रहेको आयोजकले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।