यसरी मनाइदैछ बहराइनमा सोनाम ल्होछार, तयारी तिब्र

बहराइन । विभिन्न कामको सिलसिलामा बहराईन पुगेका नोपलीहरु सोनाम लहोछार भव्यताका साथ मनाउने तयारी भइरहेको छ ।

नेपाली क्लब बहराइन र नेपाल आदिबासी जनजाती महासंघ बहराइनको विशेष सहयोगमा बहराइन तामाङ सेवा समाजले नेपाली हरुको राष्ट्रिय चाड तथा तामाङ समुदायको सांस्कृतिक पर्व मन्जुश्री सम्बत २८५५ फाग (ड्वा)ल्हो सोनाम ल्होछारलाई धुमधामले मनाउने तयारी गरेको बृहत् सांगितिक कार्यक्रमका सोनाम ल्होछार संयोजक पेमा तितुङ तामाङे जानरकारी दिए ।

तामाङ सेवा समाजले आफ्नो स्थापनाकाल देखि नै हरेक बर्ष बहराइनमा तामाङहरुले सेलोमय बाताबरणमा नेपालका मात्रै नभई भारात भुटान लगायत विभिन्न देशका तामाङ हरुलाइ समेटि सोनाम ल्होछारलाई उल्लासमय ढंगले मनाउदै आइरहेको छ ।

कार्यक्रमलाई विभिन्न संस्थाको साथ

सोनाम ल्होछारलाई उत्सवमय बनाउन विभिन्न जाति समुदायसँग सम्बन्धि संघ–संस्थाले समेत सहयोग गरेको थाहा भएको छ । बहराईनमै भएका मगर संघ, बहराइन, तमु समाज बहराइन, किराँत याक्थुम चुम्लुङ बहराइन, किराँत राई यायोख्खा बहराइन र शेर्पा किदुङ बहराइनले तामाङ सेवा समाजलाई साथ दिने जानकारी प्राप्त भएको छ ।

कार्यक्रम हुने स्थान, मिति र स्थान यस्तो छः

२८५५ फाग ल्हो ड्वा (सुंगुर बर्ग) सोनाम ल्होछार साँस्कृतिक साँझ–२०१९ आउदो फेब्रवरी ८ तातिख शुक्रबारको दिन बहराइनको राजधानी मानमा स्थित डेल्मुन होटलको प्रांगणमा हुने छ । कार्यक्रममा लामा धर्म गुरुबाट पुजापाठ गरि २८५४ खि(नागी) ल्हो लाई बिदाइ गर्दै २८५५ फाग (ड्वा)ल्हो लाई स्वागत गरि शुभकामना आदानप्रदान गर्ने छ ।

कलाकारहरु को–को सहभागी हुन्छन् ?

कार्यक्रमका लागि गायक तथा संगितकार विशाल काल्तान तामाङ, मोडल तथा नृत्याङ्गना रुपा यस गले तामाङ, हाम्रो टिभिका कार्यक्रम संचालक तथा पत्रकार, मोडल स्मारिका थिङ तामाङ र स्थानिय उत्कृष्ट कलाकारहरु बुद्ध मोक्तान, अनु राना, सुनिता पाख्रीन, पासाङ मोक्तान, सुस्मिता, गुनराज, भुवन लोप्चन लगायतको उपस्थिति हुनेछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।