जनक र कुमारको ‘सेम ह्रो–२’ बजारमा

बनेपा । तामाङ गीत संगीतको क्षेत्रमा निक्कै चर्चा कमाईरहेका गायक तथा संगीतकार कुमार तामाङले ‘सेम ह्रो–२’ नामक एल्मब बजारमा ल्याएका छन् । उनको पहिलो एल्बम “सेम ह्रो’’ को सफलता पछि “सेम ह्रो २’’ बजारमा ल्याएका हुन् । तामाङ दोहोरी गीत सेलो म्युजिक प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याईसकेको छ ।

यस गीतमा शब्दकार जनक थोकरको शब्द रचना रहेको छ भने संगीत गायक स्वयं कुमार तामाङले नै गरेका छन् । तामाङलाई वरिष्ठ गायिका इन्दिरा गोले गुरुङले साथ दिएकी छिन् । नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काले मिक्सिङ गरेको यस गीतको रेकर्डिङ पर्पल स्टुडियोमा गरिएकोे हो ।

पर्देशी र घरदेशीको समसमयिक विषयवस्तुमा रहेर रचिएको यस गीतलाई धेरै श्रोता दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको शब्दकार जनक थोकरले तेमाल अनलाइनलाई जानकारी दिए । यस गीतमा नेपालमा गएको महाभुकम्प, पर्देशीले पर्देशमा भोग्नु पारेको पीडा, गरिबीको वेदना, देशको राजनीतिक अस्थिरता र समसामयिक परिस्थितिलाई उतार्न खोजीएको छ ।

भिडियो हुर्नुहोस्