दुध बहादुर लामा,

दक्षिण कोरिया । नुवाकोट समाज दक्षिण कोरियाको आयोजना र ३ नं. प्रदेश एकता समाजको समन्वयमा फेबु्अरी ५ मा हुन गईरहेको “GME नुवाकोट सांगितिक सौगात”मा नेपाल  आईडल टोलीसंगै चर्चित कलाकारहरू आउने भएको छ ।

उक्त कार्यक्रममा ‘इन्टरनेशनल फ्रेन्चाईच सो नेपाल आईडल’ सिजन २ का बिजेता रवि ओड, फास्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारीसंगै सिजन २ टप ६ का प्रतिस्पार्धी गायक पवन गिरी, कमेडियन तथा लोक दोहोरी गायक पुरूषोत्तम भण्डारी ‘फुर्के बा’, मोडल उरुसा जोशी साथमा चर्चित डान्सर रश्मी तामाङको भव्य प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको  हो ।

“नुवाकोट जिल्लाको बिकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहायोगार्थ” गर्न लागिएको “GME नुवाकोट सांगितिक सौगात”को बारेमा दक्षिण कोरियामा रहेका नेपाली विभिन्न संघ–सस्थाका प्रतिनिधिहरुसंग औपाचारिक कार्यक्रम पश्चात पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको बारेमा सबै जानकारी गरिएको छ ।

नुवाकोट समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष कुमार राईले जानकारी दिए । साथै समन्वय ३ प्रदेश एकता समाजको रहेपनि नेपालभरका कोरियावासी नेपालीहरूलाइ उपस्थित भै सहयोग गर्न समेत संयोजक राइले अपिल गरे ।

कार्यक्रमको सबै तयारी पूरा भएको छनौट भएका कलाकारहरुको डकुमेन्ट आधारहरु राम्रो भएकोले कलाकारहरुले कोरियाको भिसा पाउने र कार्यक्रमबाट दर्शकहरुले पूर्ण मनोरञ्जन लिन सक्ने कुरामा ढुक्का रहन नुवाकोट समाज दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार सोम तामाङले आग्रह गरेका छन् ।

कार्यक्रमलाई भिसा इस्पोन्सर एचडि मोबाईल दोङदेमुन/योङ्सान, को स्पोन्सर निउ लिटल इन्डिया एन्ड नेपाली रेस्टुरेन्ट किम्हे/बुसान, टेलिकम पार्टनर जेडि मोबाईल, हस्पिटालिटी पार्टनर हेफिखुक ट्राभालिङ पार्टनर र निक ट्राभल रहेको यो कार्यक्रम दक्षिण कोरियाको राजधानी सउलको ‘फेक्जुन्यान्गीन्यम्ग्वान’मा हुनेछ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जनराज कुँवर, प्रदेश नं. ३ एकता समाजका अध्यक्ष किशोर ब्लोन, गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष बिपिन गुरूङ लगायत कोरियामा रहेका विभिन्न संघसंस्थाले कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।