नेपाल आदिवाशी जनजाती महासंघ मलेशियाको चौथो महाधिबेशन हुँदै

दीप खादी लिम्बु
क्वालालम्पुर । नेपाल आदिवाशी जनजाती महासंघ रास्ट्रीय समन्वय समिति मलेशियाको चौथो अधिबेशन यहि जनुवारी २७ तारिक क्वालालम्पुरको फाइभ एलिमेंट होटेलमा हुने भएको छ । यस अघिको पुरानो कार्यसमिति जनुवारी ६ तारिक केन्द्रीय समितिको बैठकले बिघटन गरेर कार्यबाहक अध्यक्ष्य राम तामाङ (पुर्बेली ठुले)को संयोजगत्वमा २१ सदस्यीय माहाधिबेशन आयोजक समिति गठन गरेको थियो ।

तेस्रो अधिबेशनबाट निर्बाचित अध्यक्ष्य मिंग्मा शेर्पाको असमायिक निदन पश्चात समितिको दोस्रो अधक्ष्यमा फुपु तेम्बा शेर्पालार्इ बारियाताको क्रमले अध्यक्षमा चयन गरेको थियो । दोस्रो नेतृत्वको कार्यकाल पूर्ण नभई मानब ठगीको आरोप लागेपछी समितिको सचिवालय बैठकले तत्कालिन अध्यक्ष्य शेर्पालार्इ निलम्बन गरेको थियो ।

तत्पश्चात महासंघको सचिवालय समितिको बैठकले पूर्व उपाध्यक्ष राम तामाङलार्इ कार्यबहाक अधक्ष्यमा चयन गरेको हो । कार्यबहाक अध्यक्ष्यको पनि मलेशिया बसाइको अवधि समाप्त भएको र तत्काल स्वदेश फर्किनु पर्ने भएको कारण तेस्रो अधिबेशनको मिति सक्न अगावै महाधिबेशन गर्न लागिएको आयोजकले बतायो ।

प्रबाशमै रहेर पनि आफ्नो जाति, भाषा, मौलिक सस्कृति, पहिचानको संरक्षण र समुदायको हित सम्बन्धि आवाज बुलन्द गर्दै आइरहेको महासघले मलेसियाको हकमा सामाजिक सरसहयोगको मामिलामा पनि अग्र स्थानमै छ भने संघले मलेशिया भरी छरिएर रहेका आदिवाशी जनजातीहरुलार्इ एकीकृत भइ आफ्नो समुदायको हक र अधिकारको सवालमा जुट्न समेत आब्हान गरेको छ ।

Comments

comments