दुध बहादुर लामा

दुध बहादुर लामा
दक्षिण कोरिया । रोजगारको सिलसिलामा दक्षिण कोरियामा पुगेको नेपाली तामाङहरुको संस्था नेपाल तामाङ संघ, दक्षिण कोरियाको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

तामाङहरुको साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रमका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपालबाट आधा दर्जन सेलो कलाकार, ताम्बा डम्फूरे र म्हेन्दोमाया कलाकारहरुको जोडदार प्रस्तुति हुने बताएको छ ।

कार्यक्रम फेब्रवरी ४ (माघ २१ गते) मा हुने बृहत साँस्कृतिक एवं सांगीतिक कार्यक्रममा नेपालबाट संगीतकार एवं गायक टीका बम्जन, गीतकार एवं गायक फूलकुमार बम्जन, गीतकार एवं गायक जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो तथा म्हेन्दोमाया गायिका बिना घले र ताम्बा डम्फूरे धावा वाङ्गेल लामा मोक्तान ल्याउने संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार ब्यबस्थापन संयोजक रबि लामाले जानकारी दिए ।

ल्होछार मुल आयोजक समितिका संयोजक तथा संघको अध्यक्ष मेगप्रसाद वाइबा तामाङका अनुसार ल्होछार कार्यक्रमको तयारी पूरा भएपछि पत्रकार सम्मेलन गर्ने बताए । ‘यसपालि साँस्कृतिकसंगै सांगीतिक कार्यक्रममा ल्होछारप्रेमी दर्शक झुम्न पाउने छ ।’ उनले भने, ‘ल्होछारमा तम्बा डम्फूरे कलाकार पनि ल्याउने भएको छ, बिगतको भन्दा बृहत र पृथक हुनेछ ।’ तामाङ पुस्तक, भेषभुषा (तामाङ गोइलो), तामाङ मौलिक बाजा डम्फू र तामाङ खाना परिकार प्रदर्शनीमा राखिने उनले बताए ।

कोरियामा रोजगारीको सिलसिलामा बस्दै आएको सेलो तथा आधुनिक गायक अमन थिङ, गायिका परस्वती तामाङ, सेलो गायक राज लामा ब्लोन, ज्ञान लामा, भवश्बी बम्जन, निरु लामा, कला ग्लान, कमला थोकर र मनिराज लामाको समेत प्रस्तुति रहने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।