काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको छैटौं अधिवेशन हुँदै

दुधबहादुर लामा
दक्षिण कोरिया । दक्षिण कोरियामा वैदेशिक रोजगारको सिलसिलामा पुगेका काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समितिको छैठौं अधिवेशन हुने भएको छ ।

‘सम्पुर्ण काभ्रेली एक होऔँ, समग्र काभ्रेको सेवा गरौं ।’ भन्ने मुल नाराका साथ काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिबेशन तथा सम्मान कार्यक्रम फेब्रवरी ३ तारिख आइतबार सउलको New Delhi Aunthehtic indian cuisine रेस्टुरेन्टमा हुने आयोजकले बताए।

अधिबेशनमा बिभिन्न शिलशिलामा काभ्रेबाट कोरिया आएका काभ्रेली दाजुभाइ तथा दिदिबहिनिहरुलाई उपस्थित भैदिनुहुन आयोजकले निमन्त्रणा समेत गरेको छ । विदेशमा रहेर पनि नयाँ र उर्जाशील युबाहरूलाई सामाजिक गतिबिधिमा संलाग्न गराउने उद्देश्यले यो संस्था स्थापना गरिएको काभ्रे सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष सानु लामाले जानकारी दिए ।

सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाले गत छुसकमा धादिङ समाज कोरिया संग संयुक्त रुपमा गरेको रिदम लाइभ कन्सर्टको बचत रकमबाट काभ्रे जिल्लाको बिकट क्षेत्रहरुमा शिक्षा र स्वास्थको क्षेत्रमा सहयोग पुऱ्याउन छलफल भैरहेको  र छिटो टुंगो लाग्ने समेत बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।