तामाङ समाज युकेले सोनाम ल्होछार भब्यताका साथ मनाइने

नबिन स्याङ्तान
लण्डन । बैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा बेलायतमा रहेका तामाङहरुको संस्था तामाङ समाज यूकेले सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेको छ ।

संस्थाका अध्यक्ष कुमार लामा स्याङतानका अनुसार २०१९ फेब्रअरी १० का दिन विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ २८५५ औ सोनाम ल्होछार भब्यताका साथ मनाइने भएको हो ।

तामाङ जातिको भाषा, धर्म, सँस्कृतिलाई जगेर्ना गर्नुका साथै बिभिन्न सामाजिक काम गर्ने उद्धेश्यले सन २००६ मा स्थापना भएको यस संस्थाले यो वर्षको ल्होछारमा पनि कार्यक्रमको आयोजना गरिन लागेको अध्यक्ष स्याङतानले तेमाल अनलाईनलाई जाकारी दिए ।

साऊथ ह्यारो स्थित ‘ह्यारो बोरो फुटबल क्लब’ मा आयोजना गरिने उत्तः कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । म्होन्दोमाया गायक, गीतकार यूबी मांग्रेसा, बिरु गोम्जा, अनिल गुरुङको विशेष प्रस्तुति रहने आयोजकले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।