काभ्रे । काभ्रेको धुलिखेलमा सुचनाको हक र स्थानीय सरकार संचालन कार्यविधि सम्वन्धि अन्तरकृया कार्यक्रम आज सोमबार धुलिखेल नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रम राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यता र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । त्यसैगरी अतिथीहरुमा उप–प्रमुख विमला शर्मा, धुलिखेल नगरपालिकाका प्रशासकीय प्रमुख तारानाथ लुइटेलको उपस्थिती थियो ।

धुलिखेल नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, पत्रकारहरु लगायतको उपस्थिती थियो ।