दक्षिण कोरिया । तामाङ समाज ख्यङ्साङ्नाम्दो द्वारा सोनाम ल्होछारको सम्पुर्ण तयारी पुरा भएको छ ।
तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान दक्षिण कोरियाको आयोजना र तामाङ समाज गजेदो दक्षिण कोरियाको सह –आयोजनामा हुन लागिएको हो । तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग् । ड्वा ल्हो)को अवसरमा फेब्रुअरी ३ तारीख आइतबार इन्जे युनिभर्सिटी किम्हेमा हुनेछ ।
’सोनाम ल्होछारको प्रर्वद्धन, हाम्रो साँस्कृतिक सरोकार ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार’’ भन्ने मूल नाराका ‘’बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम २०१९’’ को सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी तेमाल अनलाइनलाई प्राप्त भएको हो।
कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार टिका बोम्जन र फुलकुमार बोम्जन तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको रहने आयोजक कमिटीका अध्यक्ष विश्वास ब्लोनले जानकारी दिएका छन साथै दिवा भोजको समेत व्यवस्था हुनेछ।
तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान दक्षिण कोरियाद्वारा सञ्चालनार्थ नि–शुल्क महिला आवास गृह “नानाआङा धिम किम्हे” को उद्धघाटन उक्त दिन कार्यक्रम स्थलबाटै हुने जानकारी संस्थाका महासचिव मिलन थिङ तामाङले बताएका छन् ।
कोरियामा रहेको नेपाली दाजु–भाइ तथा दिदि–बहिनीहरुलाई कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई भव्य र सभ्य बनाइदिन आयोजकले अनुरोध समेत गरिएको छ।
























