तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । मकवानपुर कोरिया मंचको बिशेष अधिवेशन फेब्रुअरी ३ मा गर्ने भएको छ । छैटौ कार्य समितिका अध्यक्ष सुरेश भोलन कोरियाको बसाई समाप्त गरी गत बर्ष नै नेपाल फर्किएकाले कार्यसमितीको कार्यअवधि बाँकी भएपनि पदाधिकारीहरु नभएकोले समय अगाबै अधिवेशन गर्न लागिएको हो ।
“मकवानपुरे प्रवासी जुटौं, प्रदेश राजधानी समृद्ध बनाऔं“ भन्ने मूल नाराका साथ हुने अधिवेशन तोङदेमुनको सुभेक्षा रेष्टुरेन्टमा हुनेछ ।
लामो समय देखि दक्षिण कोरियामा सक्रिय संस्थाले स्वदेश तथा विदेशमा सामाजिक सेवा र परोपकारी कार्यहरु गरेको कार्यवाहक अध्यक्ष किशोर ब्लोन नियोगले बताए । मंचले स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘हामीसंग भएको आधारमा सकेसम्म धेरै सहयोग गर्ने गरेको छ ।’ उनले भने । ‘प्रदेश ३ अन्तर्गत पर्ने मकवानपुर जिल्ला प्रदेश कै अस्थायी राजधानी हो । यो जिल्लामा औद्योगिक पकेट क्षेत्र पनि भएकाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । मकवानुपरको बिकास र समृद्धिको लागी कोरियमा रहेको मकवानपुरवासी एक जुट भएर लाग्नु पर्ने भएकाले मकवानपुर कोरिया मंच अधिवेसन गर्नु परेको हो ।’ समेत बताए ।
अधिबेशन सफल पार्न सबै कोरियामा रहेका कवानपुरेहरुको उपस्थितीको लागी आयोजकले अपील समेत गरिएको छ ।
यस मंच सामाजिक कार्यमा उत्कृष्ट संस्थाको रुपमा दक्षिण कोरिया नेपाली राजदुतावासले सम्मान गरेको थियो ।
























