धुलिखेल । काभ्रेको धुलिखेलमा ट्रान्सपरेन्सी इटरनेशनल नेपालले बैक तथा सरोकारवालासँग अन्तक्रिया आज (विहिबार) धुलिखेलमा एक कार्यक्रमको बीच गरेको छ ।
ट्रान्सपरेन्सी इटरनेशनल नेपालको आयोजनामा भुकम्प पछिको पुननिर्माण र पुर्नवास सदाचार कार्यक्रम अन्र्तगत किस्ता वितरणको अवस्था, जनताहरुले गरेको गुनासो, किस्ता वितरणमा समस्या, किस्ता वितरणमा अझ कसरी प्रभावकारी र छिटोछरितो रुपमा सम्पन्न गर्न सकिन्छ भनी जिल्ला आयोजना ईकाइ तथा काभ्रेमा भुकम्प पछि निजि आवासको किस्ता वितरण गरि राखेको बैंकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन ईकाई का प्रतिनिधि विदुर तिम्लसिनाले किस्ता वितरणको नीति नियमको बारेमा जानकारी गराएका थिए ।
साथै किस्ता वितरणलाई प्रभावकारी छिटोछरितो जनताको गुनासो नआईकन किस्ता वितरण गर्नुपर्ने बताएका थिए। भने पुन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बैंक साथसाथै रहेको हुनाले सदाचार पुर्वक काम गर्नका लागि अनुरोध समेत गरेका थिए ।

त्यसैगरी जिल्ला आयोजना ईकाईका प्रतिनिधि मिलन श्रेष्ठका अनुसार बैकहरुले किस्ता वितरणको बारेमा सम्पूर्ण जानकारी लाभग्राही तथा जिल्ला आयोजना कार्यन्वयन ईकाईले खोजेको बेलामा पाउने गरि राख्नुपर्ने बताए ।
साथै बैंकहरुले आफुले किस्ता वितरण गरेको जानकारी दिदै आफुहरुमा आएको रकम संञ्चित गरेर राख्न नमिल्ने बताउदै भुकम्प पिडित आउन साथ रकम निकासा गरेको जानकारी दिए ।
किस्ता वितरणको कामलाई अझ सहज बनाउनको लागि जिल्ला आयोजना कार्यन्वयन ईकाले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन ईकाईका प्रतिनिधि, काभ्रेमा किस्ता वितरण गरिराखेका बैकका ब्रान्च मेनजर तथा प्रतिनिधि, ट्रान्सपरेन्सी इटरनेशनल नेपालका प्रतिनिधि, र संचारकर्मीको उपस्थिति रहेको थियो ।
















