काठमाडौं । तेस्रो म्हेन्दोमाया म्युजिक अवार्डबाट विभिन्न २५ विधामा कलाकारहरु सम्मानित भएका छन् ।

काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरमा बिहिबार आयोजित समारोहमा पुरानो र नयाँतर्फका गरी विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रम संयोजक बर्लुम्हेन्दो प्रालिका आसिक गोम्बो तामाङले जानकारी दिए । उनका अनुसार नयाँ गित संगिततर्फ उत्कृष्ट गितकारमा कर्णबहादुर तामाङ, संगितकारमा टिका बम्जन, गायकमा रोम लामा, गायिकातर्फ जेसुम वाइबा, कोरियोग्राफरमा बिजय तामाङ, डिरेक्टरमा जोन राई, मोडेल पुरुषमा रोजन तामाङ र महिलातर्फ मिना तामाङले अवार्ड पाएका छन् ।

यस्तै पुरानोतर्फ उत्कृष्ट गितकारमा बनु लोप्चन, संगितकारमा शैलाप वाइबा, एरेन्जरमा पवन वाङ, गायकमा युवि माङग्रेसा, गायिकामा मिना लामा, कोरियोग्राफरमा राजकिङ वाइबा, डिरेक्टरमा पनि राज किङ वाईबाले नै अवार्ड पाएका छन् ।

यसैगरी महिला मोडेलतर्फ एन्जिला वाइबा, पुरुषमा यान्चु तामाङ, क्यामेरामा सन्चु थोकर लामा, सम्पादनमा रोशन धिताल, उत्कृष्ट गीतमा रोम लामा, भिडियोतर्फ सिता लामा र उत्कृष्ट म्हेन्दोमायापन गीतको अवार्ड रितु लामाले जितेका छन् । तेस्रो म्हेन्दोमाया जुरी अवार्ड रितु लामाले पाउँदा, पब्लिक चोईस अवार्ड मिना तामाङले ईनकरेज्मेन्ट अवार्ड शुशिला मम्बा तामाङले जितेकी छिन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।