सिभिल बैंक, बनेपाको वित्तिय साक्षरताको लागी घरदैलो कार्यक्रम सम्पन्न

बनेपा । काभ्रे जिल्लाको बनेपामा शाखा कार्यालय रहेको सिभिल बैंक लिमिटेडले वित्तिय साक्षरताको लागि घरदैलो अभियान सम्पन्न गरेको छ ।

‘सम्बृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ शनिबार (आज) सिभिल बैंक लि. बनेपा शाखाले वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

बनेपा शाखा कार्यालयबाट शुरु भएको घरदैलो कार्यक्रम नयाँ बसपार्क, सिनागाल, तिनदोबाटो हँुदै बनेपा शाखा कार्यालयमा आइपुगी समापन गरेको थियो । कार्यक्रममा बनेपा शाखाका कार्मचारी, समाजसेवी तथा प्रतिष्ठित व्यापारीहरुको व्यापक सहभागिता रहेको थियो भने बैंकको कार्मचारीहरुले बैंक सम्बन्धि जानकारी तथा बचत तथा ऋण लगायतका बैकिङ कारोबारको लागि बैंकमा आउन समेत स्थानीयबासीहरुलाई अनुरोध गरेको थियो ।

यस्तो वित्तिय साक्षरता अभियानले स्थानियहरुमा बैंकिङ सम्बन्धि सुसुजित बनाउन मद्दत पुग्ने बैंकको शाखा प्रमुख सुरज धितालले तेमाल अनलाईनलाई बताए ।

घरदैलो कार्यक्रममा शाखाका कर्मचारीहरु तथा समाजका प्रतिष्ठीत व्यक्तिहरुको व्यापक सहभागीता रहेको थियो । यस वित्तिय साक्षरता अभियानलाई देशव्यापी रुपमा लगिने कुरा बैंकले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।