इराकको सुलेमानियामा विविध कार्यक्रमका साथ मनाईयो ल्होछार

बिजय तामाङ/सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका तामाङ समुदायका नेपालीहरुले पहिलो पटक धुमधामका साथ सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ इराकले आयोजना गरिएको ल्होछार साँस्कृतिक कार्यक्रममा इराकमा रहेको नेपालीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

कुर्दिस्तान को धेरै प्रान्तहरू मध्ये सुलेमानिया धेरै नेपालीहरू कर्म गर्दै आएको हुनाले यस ठाउँमा प्राय सबै चाड पर्बहरूको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

इराकको सुलेमानियामा विविध कार्यक्रमका साथ मनाईयो ल्होछार

घेदुङ कुर्दिस्तान ईराकले पनि यस पाली अरू संस्था प्राबासी नेपाली समाज र नेपाली महिला समाज संयुक्त रुपमा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम श्याम माम्बा तामाङको संयोजकत्मा र कान्छा शेर्पाको सह–संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ कुर्दिस्तान ईराकका उपाध्यक्ष बिजय तामाङको सभापतित्वमा औपचारिक कार्यक्रम भएको थियो ।

इराकको सुलेमानियामा विविध कार्यक्रमका साथ मनाईयो ल्होछार

६ सय ५५ जना तामाङ समुदायका श्रमिकहरु काम गर्दै आएको ईराकको सुलेमानिया, एर्बिल र दोहोकमा बिभिन्न संघ संस्थाहरूले हरेक पर्वहरूमा बिगत देखि नै कार्यक्रम गर्दै आएको छ ।

यसैबीच फेब्रवरी ८ तारिकख दिन एर्बिल स्थित नबराज हल कुर्दिसतानमा हुनगइरहेको ल्होछार साँस्कृतिक कार्यक्रममा बरिष्ठ कलाकार ससिकला मोक्तान र गोङबु शेर्पा, चर्चित म्हेन्दोमाया गायक कान्छा लामाको बेजोड प्रस्तुति रहने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।