तेमाल अनलाइन,
दक्षिण काेरिया । काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैठौं अध्यक्षमा सानु लामा निर्वाचित भएको छ ।
कोरियाको राजधानी सउलमा फेब्रुअरी ३ आइतबार भएको छैठौं अधिबेशनले लामाको अध्यक्षमा पन्ध्र सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अबिधेशनले बरिष्ठ उपाध्यक्षमा प्रकाश योञ्जन, उपाध्यक्षमा चन्द्र तामाङ, सञ्जय खत्री, सचिवमा चिरञ्जीवी तिमल्सिना, सहसचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सुमान चौलागाई, सहकोषाध्यक्ष शुष्मा थापा चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा मनोज थापा, प्रेम श्रेष्ठ, सञ्जय श्रेष्ठ, सबिता तिमल्सिना, आशिष घिसिङ तामाङ, रोजी लामा र सन्जु थापा चयन भएका छन् ।
समितिको अधिबेशनमा साँगीतिक कार्यक्रममा कोरिया आइपुगेका लोक गायिका शर्मिला श्रेष्ठ र सम्पर्क समितिलाई स्थापना कालदेखि विभिन्न तरिकाले सहयोग गरेका ब्यक्तिहरुलाई सम्मानपत्रले सम्मान गरेको थियो ।
समितिको अबिधेशन गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष साजन शार्माको प्रमुख आतिथ्यता र अध्यक्ष सिताराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो । सामाजिक कार्यमा क्रियाशिल रुपमा संक्रिय हुँदै सन् २०११ मा स्थापना भएको थियो ।

























