सुनिला दोङ
साईप्रस । नेपाल तामाङ घेदुङ साईप्रसले आयोजना गरिएको ‘ल्होछार धमाका–२०१९’ भव्यताका साथ सम्पन्न भएको छ ।
आज (आईतबार) बैदेशिक रोजगारको सिलसिलामा साईप्रस पुगेका सबैजाति समुदायका नेपालीहरु बीच उल्लासमय वातावरणका साथ कार्यक्रम सम्पन्न भएको छ ।

‘तामाङ भाषा, धर्म ,संस्कृति र परम्पराको संरक्षण गरौंं ! २८५५ औ सोनाम ल्होछार फाग डुवा ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सफल पारौं !’ भन्ने नाराका साथ ‘ल्होछार धमाका–२०१९’ को आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा साइप्रसका लागि कन्सुलर डा. रामजीवन पिञ्जयारले गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघका अध्यक्ष सुबास मल्ल रहेको थिए ।

कार्यक्रममा नेपालबाट अतिथि कलाकारहरु पहिलो नेपाल आइडल सिजन १ बिजेता गायक बुद्ध लामा, म्हेन्दोमाया तथा सेलो गायक सुमन घलेको बेजोड प्रस्तुति रहेको थियो । ‘विदेशी भूमिमा रहनुपरे पनि आफ्नो धर्म संस्कृति, भाषा र देशको असाध्यै माया लाग्दो रहेछ ।’ घेदुङका अध्यक्ष साङमो थोकरले भने, ‘हामी जहाँ, जस्तो अवस्थामा पुगेको भएपनि नेपालको माया मुटुभित्र सजाएर राखेको छौं ।’

थोकरले सोनाम ल्होछार राष्ट्रिय पर्व भएको बताउँदै आजको धमाकामा साईप्रसमा रहेका सबै नेपालीहरुको उपस्थिति रहेको बताईन् ।

कार्यक्रम सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले भरपुर रुपमा सहयोग पाएकोमा उनले खुशी समेत व्यक्त गरेकी छिन् । सबै तह र तप्काले सहयोग गरेकोमा उनले धन्यवाद समेत दिएकी छिन् । कार्यक्रमम घेदुङका सचिव सुनिला दोङको सञ्चालन तथा अध्यक्ष थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।