लनाम दोङ तामाङ
मलेसिया । बैदेशिक रोजगारको सिलसिलमा मलेसियामा पुगेका तामाङहरुे २८५५ औं सोनाम ल्होछारको अवसरमा ‘ल्होछार संगितिक धमाका–२०१९’ सम्पन्न गरेको छ । कार्यक्रम केन्द्रिय तामाङ समाज र म्हार म्हेन्दो कलाकार संघ र क्षेत्रीय तामाङ समाज पेनाङको संयुक्त आयोजनामा गरिएको हो ।

बैदेशिक रोजगारको सिलसिलामा मलेसिया आईपुगेका सबै जाति समुदायका नेपालीहरु बीच उल्लासमय वातावरणका साथ ल्होछार धमाका सम्पन्न गरेको छ । ‘संसार भरी छरिएका तामाङहरु एक होऔं, हाम्रो भाषा, धर्म र संस्कृति जगेर्ना गरौँ ।’ २८५५ औ सोनाम ल्होछार फाग डुवा ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मलेसियाका लागि राजदुत कुमार राज खरेलले गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा जनजाति महसंघ मलेसियाका आध्यक्ष रवीन राई रहेको थिए । कार्यक्रममा नेपालबाट संगितकार तथा गायक संजिब वाइबा, रचनाकार, संगितकार तथा म्हेन्दोमाया गायिका मिना लामा थोकार, संगितकार तथा गायक प्रयास दोङ, गायक सुरेश लामा, नायिका तथा मोडेल सुस्मा मोक्तान, नवा गायिका सजना रुम्ब तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रमको सभापति तामाङ समाज मलेसियाका अध्यक्ष टासी पाल्मो वाइबाले गरेकी थिइन् । कार्यक्रममा मलेसियामा रहेका तामाङ र गैर तामाङहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन लमिन स्मृति वाइबले गरेकी थिइन् ।
























