तेमाल अनलाईन,
दक्षिण कोरिया । नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग्/ड्वा ल्हो) विविध कार्यक्रमका साथ दक्षिण कोरियाको किम्हे शहरमा सभ्य र भव्य ढंगले आइतबार सम्पन्न भएको छ । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाले लामा गुरुबाट विशेष पूजा र विविध सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार मनाएको छ । कुकुर वर्ग (नागी ल्हो) लाई बिदाइ र बदेल वर्ग (फाग्/ड्वा ल्हो) को स्वागत गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाइबा ज्युले कार्यक्रम स्थलबाटै तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान दक्षिण कोरियाद्वारा सञ्चालित नि:शुल्क महिला आवास गृह “नानाआङा धिम किम्हे”को उद्धघाटन गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रम सम्पन्न पश्चात दिवा भोजको व्यवस्था र दिवा भोज पछि स्थानिय कलाकारहरु र नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार टिका बोम्जन र फुलकुमार बोम्जनको दमदार प्रस्तुतिले माहोल एकदमै अविस्मरणीय बनेको थियो ।
सोनाम ल्होछार कायर्क्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्ने विभिन्न संघ-संस्थाहरु, संघ-संस्थाका प्रतिनिधीहरु, विशिष्ट व्यक्तित्वहरु, बुद्धिजीवी, व्यापारी, पत्रकार, विध्यार्थी लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सोनाम ल्होछार मुल आयोजक कमिटीका अध्यक्ष विश्वास ब्लोनले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
























