तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । कोरियाका ल्होछारप्रेमी डम्फूरे, सेलो र म्हेन्दोमाया गीतमा दर्शक झुमे । नेपाल तामाङ संघ दक्षिण कारियाको आयोजनामा २८५५ औं बृहत सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालबाट आमन्त्रित कलाकारहरु ताम्बा डाम्फूरे गायक धावा वाङ्गेगेल लामा,  टिका बम्जन, फूलकुमार बम्जन, जीवन बम्जन, जोगलाल लामा र म्हेन्दोमाया तथा सेलो गायिका विना घले लोप्चनको गायनमा ल्होछारप्रेमी झुमेका थिए । साथमा जापानबाट आएका परस्वती तामाङ स्थानीय कलाकारहरु कला ग्लान, मनिराज तामाङ, कमला थोकार, निरु तामाङ, डिलिमा तामाङ, अमन थिङ, भवश्वी बम्जन, ज्ञान लामा, राज लामा, रहर तामाङ रमन पाख्रिन, डोमा योञ्जन, अञ्जु योञ्जन, सुजिता लामा, अनिता गुरुङ, सोनाम माम्बा लगायतको गायन तथा नृत्य बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महांसघ दक्षिण कोरिया कार्याबाहक अध्यक्ष मल्लिका थाकाली थियो । प्रमुख अतिथि थाकालीले ल्होछारको शुभकामना दिदै आदिवासीको आफ्नो हक अधिकारको लागि यस्तो शक्ति प्रर्दशन तथा पहिचानको लागि निरन्तर लागीरहने बताइन् । उनले आदिवासीको पहिचानको मुद्धालाई सधैं बोकिराख्नु पर्ने बताइन् ।

कार्यक्रमका सभापति तथा कार्यक्रम संयोजक एवं नेपाल तामाङ संघ कोरियाका अध्यक्ष मेघ वाइबा तामाङले नेपाल सरकारले समुदायलाई विभेद गर्दै ल्होछारलाई विदा कटौटी गरेकोमा आपती जनाउदै अबको दिनमा सोनाम ल्हाछारले विदा दिनैपर्ने बताए । उनले नेपाल विकेन्द्रीकृत राज्य संरचना प्रणालीमा गइसकेको बताए । ‘अबको दिनमा सम्पूर्ण समुदायको पर्वलाई विदा घोषणा गरेन भने हामी प्रवासमा रहेका युवाहरु स्वदेश फिर्ता भएर सडकबाट घोषणा गर्नेछौ’ उनले थपे ।

कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रकाबाट सहयोगका गरिरहेका सात ब्यक्तिहरुलाई सम्मान गरेका छन् । जसमा विगत बर्षमा नेपालका टिभीमा सामाचार प्रस्तोता, हाल विभिन्न अनलाइनमा काम गर्दै आएका र तामाङ पत्रकार संघ कोरिया शाखाका अध्यक्ष सिमा लामा, वर्तमान कार्यसमितिका उपाध्यक्ष सरिता लोप्चन, स्नेह लामा, गायक अमन थिङ, निर्वातमान अध्यक्ष उइनासिं वाइबा, तामाङ समाज ख्याङ्साङ्नाम्दो /बुसानका अध्यक्ष विश्वास ब्लोन,  तामाङ समुदायलाई आफ्नो चित्रकलामार्फत योगदान दिएका मनोज लामालाई ताम्रा पत्रले सम्मान गरेका थिए ।

Comments

comments