कुवेतमा ‘लुम्बिनी मेगा म्युजिक सो’ हुने

इन्द योञ्जन तामाङ
कुवेत । कुवेतमा ‘लुम्बिनी मेगा म्युजिक सो’ कार्यक्रम हुने भएको छ । बैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका नेपालीहरुको सामाजिक संस्था लुम्बिनी समाज कुवेतको अयोजनामा कार्यक्रम हुने भएको हो ।

संस्थाका अध्यक्ष रुपेन हमालका अनुसार कार्यक्रम आगामी मार्च १५ तारिखका दिन हुने भएको छ । कार्यक्रममा कलाकारहरु पुष्पन प्रधान, शान्ता परियार र अमीत बरालको सांगीतिक प्रस्तुति रहने अध्यक्ष हमालले जानकारी दिएको छ । कार्यक्रम नाटिङ्गाम ब्रिटिश स्कुलमा दिउँसो १२ बजेबाट शुरु हुने आयोजकले बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।