काभ्रे । युवा नेता तथा कलाकार जेनिशा लामाद्वारा अभिनित तामाङ सेलो ‘जाडो है महिना’ २ हप्तामै ३ लाख दर्शकले हेरिसकेको छ । दुई हप्ता अगाडि मात्र यूट्यूब मार्फत सार्वजनिक उक्त सेलो छोटो समयमै दर्शकले रुचाएका छन् ।

निक्कै नै रमाइलो र मन छुने गीतका साथमा लामाको जीवन्त अभिनयले गर्दा पनि दर्शकले रुचाएको हो । तामाङ कलाकार संघका अध्यक्ष एंवम गायक तथा संगीतकार सञ्जीब वाईवाको शव्द संगीत अनि स्वरमा रहेको उक्त गीतमा दिप्ती गोम्जाको पनि जीवन्त अभियनय रहेको छ ।

लामा र गोम्जाको जीवन्त अभिनयलाई दर्शकले मन पराएको प्रष्ट छ । यो भिडियोमा लामा र गोम्जाको निक्कै नै रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन अजय स्याङतानले गरेका हुन् ।
भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























