तेमाल अनलाईन संवाददाता,
दक्षिण कोरिया । सउल नेपाल गुम्वा दक्षिण कोरियाले गत वर्ष झै २१४६ औं ग्याल्पो ल्होसार फेबुअरी १० मा मनाउने भएको छ । गुम्बाले विविध पूजापाठ र सांस्कृतिक कार्यक्रम गरेर मनाउने गुम्वाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले बताए
कोरियन परिवेशमा ल्होसारको कार्यक्रम हुने भएकोले हामी नेपाली र कोरियन संस्कृतिको आदान प्रदान हुने भएकोले यसको महत्व रहेकोले सबैको उपास्थितिको लागि सउल नेपाल गुम्वा व्यवस्थापन समितिका अध्यक्ष दुध बहादुर लामाले अनुरोध गरेका छन् ।
कार्यक्रमको तयारी सबै पूरा भएकोले कोरियावासी नेपालीहरु व्यवसायी, खेलाडी, बिद्यार्थी, राजनीतिज्ञ, पत्रकार सबैलाई सउल नेपाल गुम्वा व्यवस्थापन समितिका सचिब अमिर योञ्जनले समेत उपस्थितिका लागि आह्वान गरेका छन् । साथै कार्यक्रम GU RYUNG SA TEMPLE मा दिउँसो १ बजे हुने जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























