काभ्रे । तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ औं सोनाम ल्होछारको उपलक्ष्यमा यूरोप र जापानमा भव्य कार्यक्रम हुने भएको छ ।
सबै कार्यक्रमको लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामा त्यस तर्फ आज प्रस्थान गरेका छन् । बरिष्ठ उपाध्यक्ष लामाका अनुसार सबै कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्को सहभागीता रहने उनले बताए ।
निर्धारित कार्यक्रम अनुसार भोलि ९ तारिखका दिन बेल्जीयम तामाङ समाजको आयोजनामा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । त्यसैगरि त्यसैगरि तामाङ समाज पोर्चुगलमा १० तारिख, १२ तारिखमा नेपाल तामाङ घेदुङ फिन्ल्याण्डको आयोजनामा १२ तारिखमा कार्यक्रम हुने भएको छ । त्यस्तै तामाङ समाज जापानको आयोजनामा पनि बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा नेपालबाट बरिष्ठ कलाकारहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।
सबै कार्यक्रममा तामाङ जाती, भाषा, साँस्कृतिको बिषयमा प्रशिक्षण कार्यक्रम समेत हुने बरिष्ठ उपाध्यक्ष लामाले तेमाल अनलाईनलाई जानकारी दिए ।
























