विजय तामाङ

विजय तामाङ
कुर्दिस्तान । नेपाल तामाङ घेदुङ इराकको आयोजनामा २८५५ औं सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

‘भाषा, धर्म, कला, संस्कृति, भेषभुषा र आफ्नो पहिचानको संरक्षण तथा सम्बद्र्धन गरौ’ भन्ने नाराका साथ कुर्दिस्तानको अर्बिल शहरस्थित नवरोज हलमा शुक्रबार सम्पन्न भएको थियो ।

कार्यक्रम घेदुङका अध्यक्ष नुरि च्याङवा लामाको सभापतित्व, प्रवासी नेपाली एकता समाज एर्बिलका अध्यक्ष नवीन कुमार लामाको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालबाट पुगेका गायक गोन्पो शेर्पा र गायीका शशिकला मोक्तानको बेजोड प्रस्तुति रहेको थियो । साथमा स्थानीय कलाकारहरु मेहोन्दो माया गायक कान्छा लामा, सेलो गाएक साजन शेर्पा, लोकदोहोरी गायीका सोनिया तामाङ र र्यापर शक्तिमान तामाङले पनि आ–आफ्नो प्रस्तुति पस्केका थिए ।

कार्यक्रममा तामाङ समुदाय मात्र नभई सबै नेपालीहरुको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।