महाभातर गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी माझीले प्रस्तुत गरेका आर्थिक वर्ष २०७५।९७६ को बजेटको पूर्ण विवरण यस्ताो छः

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले प्रस्तुत गरेका आर्थिक वर्ष २०७५।९७६ को नीति तथा कर्याक्रमको पूर्ण विवरण यस्ताो छः

आ.व. २०७५ । ७६ को नीति तथा कार्यक्रम
आदरणीय यस गरिमामय सभामा उपस्थित उपाध्यक्षज्यू, वडा अध्यक्षज्यरुहरु, कार्यपालिकाका सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, महाभारत गाउँपालिकाको तर्फबाट विकासको लागि मार्गदशनका रुपमा रहने आगामी आ.व. २०७५।७६को वार्षिक नीति तथा कार्यक्रमको जानकारी गराउन पाउँदा अत्यन्तै खुशी लागेको छ । यस परिवर्तनको निम्ति नेपाल आमाका १३ हजार भन्दा बढी होनहार छोराछोरीले प्राणको आहुती दिनु भएको छ । जस मध्ये यस गाउँपालिकाको भूमिबाट कुलबहादुर राना मगर, ज्ञानबहादुर गोले, प्रविना बज्यु, शक्ति बहादुर मोक्तान, पुर्मिला माझी, बिमला वाईबा, राजु नेपाली, प्रहारे, दिपक, सिमा र विष्णु स्याङतान लगायतका योद्धहरुले बलिदान गर्नु भएको छ । देशै भरी सयौंको संख्यामा बेपता हुनु भएको छ । हजारौ घाइते अपाङ्गत हुनु भएको छ । सर्वप्रथम ती महान शहिदहरु प्रति हार्दिक श्रद्धान्जली र बेपत्ता, घाइते योद्धाहरु प्रति सम्मान व्यक्त गर्दछौं ।

परिचय
काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । यसको कूल जनसंख्या १८,२८३ रहेको छ । आर्थिक, राजनीतिक, सामाजिक दृष्टिले निकै पिछडिएको ठाउँ हो यो । भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यो ठाउँमा हाल सम्म जिल्ला सदरमुकाम सम्म जोड्ने एउटा मोटरबाटोको समेत सुविधा छैन । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान बोकेको यो गाउँपालिकामा विशेषरुपले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ । पुरानो संरचनाको गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गा.वि.स. मिलेर बनेको यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरीएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ ।

महाभारतको बीचमा बनखु केन्द्र अनि काभ्रेको अग्लो सामुन्द्रिक सतहबाट अन्दाजी २००० हजार मि. उचाइमा रहेको ताराखासे लेक यसै गाउँपालिकामा पर्दछ । दक्षिण सिमानामा कोखाजोर नदी, पूर्वीमा सिन्धुलीको रामपुर खोला र पश्चिम सिमानामा चौखोला नदीले यस गाउँपालिकालाई घेरिएको छ भने यस गाउँपालिकाको नामाकरण गरिएको महाभारत यसै गाउँपालिकाका प्राकृतिक सम्पदा एवं सौन्दर्य हुन् । पूर्णतः कृषिमा निर्भरता यहाँको जनताको मुख्य आर्थिक श्रोत कृषि नै हो । यसैबाट यहाँका जनताले दैनिक जीविकोपार्जन गर्दछन् ।

भूमिका
देशमा राजनीतिक संक्रमणकालको पूर्णतः अन्त्य भएको छ । गत वर्ष मंसिरमा सम्पन्न संघिय तथा प्रादेशिक निर्वाचन पछि देशले स्थिरताको यात्रा तर्फ आफ्नो कदम बढाएको छ । अस्थिर राजनितीका कारण आजित भएको जनतामा स्थिरता सहितको दिगो विकासको आशा एउटा नयाँ उत्साहमा बदलिसकेको छ ।
भर्खरै सम्पन्न संघिय सरकार र प्रदेश सरकारले ल्याएको नीति तथा बजेट कार्यक्रमले पनि हामीमा काम गर्ने नयाँ जोश र जाँगर पैदा गरेको छ । यिनै जोश र जाँगरको जगमा उभेर यस महाँभारत गाउँपालिकाको हाम्रो कार्यकालको दोस्रो वर्ष आर्थिक वर्ष ०७५।७६ को बजेट लिएर तपाईहरु सामु प्रस्तुत हुन पाउँदा म अत्यन्तै गर्ववान्वित भइरहेको कुरा तपाईहरु समक्ष बाड्न चाहान्छु ।

हामीलाई थाहा छ, हाम्रो गाउँपालिका काभ्रेको दुर दराजमा छ । हाम्रा आवश्यकताहरु अन्नत छन्, सामाजिक, राजनीतिक एवम् भौतिक विकासको दुष्टिले हामी पछाडी नै छौ, अहिलेनै हामीले अन्य सहर उन्मूख गाउँपालिकासँग आफूलाई तुलना गर्ने बेला भएको छैन । तर हाम्रा प्रयत्न कमजोर छैनन् । छिटै नै हामी विकासमा फड्को मार्ने छौ । आजको यो नीति तथा कार्यक्रमको घोषणा मार्फत म पुन तपाईहरुलाई यो विश्वास दिलाउन चाहान्छु ।
गतवर्षको समीक्षा

संघीयता कार्यान्वयनको जगको रुपमा सम्पन्न गत साल बैशाख ३१ गते स्थानीय निर्वाचनले नेपाली जनतामा आमूल उत्साह ल्याएको थियो । सिहदरबारको अधिकार गाउँ गाउँमा भन्ने अत्यन्तै लोकप्रिय नाराको साथ जनताको उत्साहपूर्वक सहभागितामा सम्पन्न उक्त स्थानीय तहको निर्वाचन साँच्चै नेपालको राजनैतिक इतिहासको अभूतपूर्व परिघटना थियो । भैरहेको संरचनाको अन्तय गरी नयाँ नभएको संरचना निर्माण गर्ने कुरा पक्कै पनि कठिन विषय हो ।

नियम कानूनको अभाव, अनुभवको शून्यता, कर्मचारीको अनुृउपलब्धता, सहजीकरण गर्ने निकाय नहुनु, भौतिक संरचनाको अभाव इत्यादी जस्ता जटिल परिस्थितीबीच पहिलोपटक निर्वाचित जनप्रतिनिधिको लागी अन्योलता नै अन्योलताको पहाड थियो । तैपनि निर्वाचनमा जनतासामु गरेका वाचाले र मायाले हामीलाई डर, चुनौती सहजतापूर्वक सामना गर्ने उर्जा दियो । त्यही उर्जा लिएर हामी महाभारत गाउँपालिका सम्पूर्ण टिम अगाडी बढ्यो । सहकर्मी निर्वा्चित सम्पूर्ण साथीहरु, राष्टसेवक कर्मचारी साथीहरु र सकरात्मक एवम् रचनात्मक सहयोग दिलाउनुहुने सम्पूर्णमा म कृतज्ञता ज्ञापन गर्दछु ।

उपस्थित साथीहरु हामीले गतवर्ष जुन लक्ष्य, उद्देश्य लिएका थियौ, हालसम्म आउँदा ती लक्ष्य उद्देश्य शतप्रतिशत त पुरा भएका छैनन् । कतिपय दिर्घकालिन प्रकृतिका पनि छन् तर यहाँ धैरै उल्लेखनिय कामहरु भएका छन् । यस गाउँपालिकाको समग्र विकासका निम्ति हाम्रो आफ्नै प्रयत्न मात्रै पर्याप्त नहुने भएको हुँदा यहाँको विकटता र दुःख समस्या तर्फ सिंगो काभ्रे र राष्टकै ध्यान आर्कषण गराउनु पर्छ भन्ने ठानेर केही समय हामी त्यस तर्फ पनि लाग्यौ । खासगरीकन यस गाउँपालिकालारई विशेष क्षेत्र घोषण गर्नका निम्ति, पूर्व घोषित इलाका प्रशासन कार्यालय स्थापना गर्नका निम्ति, ११२ मेगावटको कोखाजोर जलाशययूक्त जल विधुत सम्बन्धी सम्भाव्य अध्ययनका निम्ति, यस गाउँपालिकामा केन्द्रीय विधुत लाइन विस्तार गर्नका निम्ति र संघ तथा प्रदेश सरकार मार्फत अन्य पूर्वाधारमा बजेट विनियोजन गराउनका निम्ति हामीले केही कार्य गर्नुपर्ने नै थियौ, राष्टिय स्तरमा पहल गर्नुपर्नेनै थियौ जसमा केही हदसम्म हामीले सफलता पनि हासिल गर्याै ।

वास्तवमा इलाका प्रशासन कार्यालय बनखुमा स्थापित गराई सेवा सञ्चालन गर्न सक्नु, गा.पा.को अन्तिम सिमाना गोकुले धाप सम्म बस सेवा सञ्चालन गर्न सक्नु, गा.पा.को ८ वटै वडा कार्यालय, सामुदायिक मा.वि. विधालय र स्वास्थय चौकीहरुमा निशुल्क इन्टरनेट सेवाको सुविधा दिलाउन सक्नु, गा.पा. भित्र प्राय

घरको लागि सोलार वितरण गर्न सक्नु, र्नि्विवाद रुपमै गा.पा.को केन्द्र स्थानान्तरण गर्न सक्नु, गाउँकार्यपालिकाको कार्यालयको लागि १६ रोपनी जग्गा निशुल्क प्राप्त गर्न सक्नु, २ वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्न सक्नु, काभ्रे जिल्लाको तर्फबाट प्रदेश सरकारमार्फत विशेष अनुदान प्राप्त गर्न सक्नु, बहुचर्चित सिपाली, बुढाखानी सडक निर्माणको अन्तिम चरणमा पुग्न सक्नु, अधिकांश वडा कार्यालयहरुसंग जोडिने मोटरबाटो विस्तार कार्य अन्तिम चरणमा पुग्न सक्नु, गा.पा. को भवन निर्माण कार्य अन्तिम चरणमा पुग्नु आ.व. २०७४।७५ का हाम्रा महत्वपूर्ण उपलब्धिहरु हुन् । म यस सन्र्दभमा गाउँपालिकाको कार्यालयका निम्ति जग्गा प्रदान गर्नुहुनृ व्यक्तित्वहरुलाई विशेष सम्मान व्यक्त गर्न चाहान्छु । काभ्रेको १३ स्थानीय तह मध्ये एक मात्र महाभारत गाउँपालिकालाई विशेष अनुदान प्रदान गर्ने ३ न. प्रदेश सरकारलाई विशेष आभार व्यक्त गर्न चाहान्छु ।

साथै माथि उल्लेखित उपलब्धिहरुका निम्ति प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्न हुने राजनीतिक व्यक्तित्वहरु, माननिय मन्त्री एवम् माननीय सासंदज्यूहरु र कर्मचारी साथीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

यस गरिमामय सभाका सदस्यज्यूहरु म अब आ.व. २०७५।७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।

आर्थिक वकास
१) कृषि तथा पशुपालन क्षेत्र यस गाउँपालिकाको तुलनात्मक लाभको क्षेत्र भएकोले कृषि क्षेत्रको आधुनिकीकरण विविधिकरण तथा व्यवसायीकरणबाट मात्र यस गाउँपालिकाको समुन्नती सहज हुने भएकोले कृषि क्षेत्रको विकासमा आवश्यक पहल गरिनेछ ।
२) कृषि तथा पशुपालन क्षेत्रमा आवश्यक अनुदानको व्यवस्था गरिनेछ । उत्पादित कृषिजन्य तथा पशुजन्य उपजको सहज बजार पहुँचलाई सुनिश्चीत गरिनेछ ।
३) पशुपालन तथा कृषिको लागि ठुला आकारका कृषि केन्द्रको स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
४) पशुपालनको वृद्धिका लागि नक्सल सुधारको कार्यलाई व्यवस्थित गरि पशुपालन व्यवसायलाई आधुनिक करणका लागि पहल गरिनेछ ।
५) कृषि ककत्रेरÞाई स्थानीय उत्नÞादनको प्रमुख ककेत्रको रुनÞमा षिकास गररनछे । ससा‘चाइ, मरÞ खाद्य, षिउ षिजनको उनÞरÞब्धतामा जोड ददइनेछ । नÞशुजन्य उत्नÞादनका कायक्रयमरÞाई प्रोत्साहन ददइनेछ ।
६) गाउँपालिका लभत्र रहेका पयाटकीय क्षेत्रहरुको पलहचान गरी पयाटन प्रवधान गना पयाटन गुरुयोजना लनमाणा गरी अलघ बढिनेछ साथै कोखाजोर खोलामा ड्याम बनाई आन्तिरक तथा बाह्रय पर्यटनलाई आकर्षित गर्न पहल गरिनेछ ।
७) सहकारी क्षेत्रको प्रवधान तथा लवकासको िालग आवश्यक पहि गररनेछ।

सामाजिक विकास
स्वास्थ्य

गुणस्तरिय स्वास्थ्य सेवा तथा स्वच्छ खानेपानि र सरसफाईमा नागरिकको सहज पहुँच पु¥याईनेछ ।
१) नागरिकको सहज पहुचँमा सर्व सुलभ स्वास्थ्य सेवा तथा सुरक्षीत सुत्केरी सेवालाई प्रभावकारी बनाउने र नियमित रुपमा स्वास्थ्य चौकीमा जाँच गर्न ल्याउने स्वयमंसेविकालाई प्रोत्साहन भत्ता दिईनेछ ।
२) केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरी सामुदायिक अस्पताल निर्माण गरिनेछ ।
३) गाउँघर क्लिनीकलाई विस्तार गरी सबै बस्तीमा स्वास्थ्यमा जनताको सहज पहुँच पु¥याईनेछ ।
४) शिशु तथा मातृ मृत्यु दर घटाउने लक्ष्य रहेको छ ।
५) दिर्घकालीन प्रकृतिका विशेष प्रकारको रोगीहरुलाई सहयोग गर्ने निती लिईनेछ ।
६) नेपाल सरकारको नीतिको रुपमा रहेको नो होम डेलिभरी कार्यक्रमलाई यस गाउँपालिकाले समेत आत्मसात गरी सफल पार्न आबश्यकता अनुसार बर्थिङ्ग सेन्टरहरु थप गरी संचालन गरिनेछ ।
७) महिला स्वास्थ्य स्वयंसेबिकाहरुको क्षमता अभिवृद्धि गरी आवश्यक प्रोत्साहन सहित महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिइनेछ । क्षयरोग, भिटामिन ए, विद्यालय स्वास्थ्य शिक्षा, अन्तक्र्रिया, स्वास्थ्य सम्बन्धी जनचेतना लगायतका थप कार्यक्रमहरु संचालन गरी स्वास्थ्यका बिषयवस्तुमा जनताहरुलाई सुसुचित गराईनेछ ।

शिक्षा
१) सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालयमा कार्यरत सवै शिक्षकहरुलाई कार्यसम्पादन करार गराइ सिकाइ उपलब्धि वृद्धिमा जोड दिइनेछ ।
२) गाउँपालिकालिकामा सञ्चालित सवै विद्यालयहरुलाई न्यूनतम आधारभूत तहको कक्षा ५ सम्म अंग्रजी माध्यममा पठनपाठनमा विशेष जोड दिइनेछ । साथै मल्टिमिडिया शिक्षामा लागिनेछ ।
३) आधुनिक शिक्षण पद्दति र प्रविधियुक्त शिक्षाको सवै शिक्षकहरुलाई अभिमुखी करण कार्यक्रम सञ्चालन गरी कक्षा कोठामा अधिक्तम क्ष्ऋत् को प्रयोेगका लागि उपयुक्त वातावरण सिर्जना गरिनेछ ।
४) वालमैत्री शिक्षण सिकाइ क्रियाकलापमा जोड दिइनेछ ।
५) कम्तीमा वडाको एउटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै लगिनेछ ।
६) गाउँपालिका भित्रका माध्यामिक विद्यालय मध्ये एउटा विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गरिनेछ ।
७) ४ वर्ष उमेर समुहका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर प्रदान गर्न विद्यालय संरचना भित्र प्रारम्भिक बालशिक्षा संचालन गर्ने निति लिइनेछ ।
८) गाउँपालिका भित्र अध्यापनरत शिक्षकहरु मध्ये कार्य सम्पादन मूल्याङ्कनका आधारमा सवै तह समेटिने गरी वार्षिक रुपमा उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरिनेछ ।
९) शिक्षण सिकाइ प्रक्रियामा सहज सिकाइ वातावरण सिर्जना गर्न वालविकास केन्द्र र कक्षा १ देखि बसाइव्यावस्थापन र शैक्षिक सामग्रीयुक्त कक्षा कोठाको विकास गर्दै न्युनतम वर्षको एउटा कक्षालाई नमुना कक्षाको रुपमा विकास गर्दै लगिनेछ ।
१०) सामुदायिक विद्यालयहरुले प्रवाह गर्ने सेवाको नागरिक वडापत्र प्रत्येक सामुदायिक विद्यालयमा अनिवार्य रुपमा राख्न लगाइनेछ ।
११) गाउँपालिका भित्र संचालित एक सामुदायिक बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि गाउँपालिकाको तर्फबाट अनुदानको व्यावस्था गरिनेछ ।
१२) गाउँपालिका भित्र घोषित नमुना विद्यालयको शैक्षिक भौतिक विकासमा आवश्यक सहयोग गरिनेछ ।
१३) गाउँपालिका भित्रबाट माध्यामिक शिक्षा उतिर्ण परीक्षामा सर्वोत्कृष्ट नतीजा हासिल गरेको विधार्थीलाई प्राविधिक विषय अध्ययनका लागि प्रोतसाहन गरिनेछ ।

१४) गाउँपालिकाभित्र सञ्चालन विद्यालयहरुलाई भौगोलिक विकटता , विधार्थीहरुको संख्याको आधारमा विद्यालय समायोजन, दरबन्दी मिलान तथा तह घटाउने वा बढाउने कार्य गर्दै लगिनेछ ।
१५) शिक्षा सम्बन्धि आवश्यक कार्य्विधि निर्माण गरी कार्यान्वयन गर्दै लगिनेछ । ऐन, नियामवलि कार्य्विधिको आधारमा आवश्यकतानुसार गाउँपालिका भित्र सञ्चालित विद्यालय भित्र शिक्षक व्यवस्थापन गरिनेछ ।
१६) अंग्रजी माध्यमको शिक्षालाई प्रत्येक वर्ष स्तरोन्नती गर्दै आगामी चार बर्ष भित्रकक्षा ५ सम्म पु¥याइनेछ ।
१७) न्युन शिक्षक भएका विद्यालयहरुलाई सिकाई उपलब्धि वृद्धि गर्न शैक्षिक सुधार अनुदान दिइने निति लिइने ।
१८) विद्यालय भर्ना दर बृद्धि गर्ने तथा छोड्ने दर न्युन गर्न विद्यालय भर्ना अभियान र विद्यालय जानका लागि पे्ररित गर्न विभिन्न कार्यक्रम संचालन गरिने छ । साथै सरकारी, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारि संस्थाको सहयोग समन्वय र सहकार्यमा औपचारिक शिक्षा बाट बंचित बालबालिकाहरु लगाएत अन्यका लागी अनौपचारिक शिक्षा कक्षा संचालन गरिनेछ ।
१९) गाउँपालिकामा संचालित सबै विद्यालयको प्राथामिक तहमा बहु कक्षा बहु शिक्षण(ःन्ःी )लागु गरिनेछ ।

खेलकुद तथा मनोरन्जन
१) गाउँपालिका स्तरीय एक रंगशाला निर्माण गरिनेछ, प्रत्येक वडामा आवश्यकता अनुसार खेल मैदान निर्माण गरिनेछ ।
२) यस गाउँपालिकाबाट कुनै एक राष्टिय खेलमार्फत खेल क्षेत्रमा प्रदेश एवम् संघ स्तरमा आफ्नो स्थान बनाउन सफल खेलाडीलाई सम्मानका साथ गाउँपालिकाबाट पुरष्कृत गरिनेछ ।
३) वर्षको एक पटक विद्यालय स्तरबाटै अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।
४) गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।

खानेपानी तथा सरसफाइ
५) स्वच्छ खानेपानीको हक सबै नागरिकलाई छ, सोही बमोजिम यस गाउँपालिकाका खानेपानी अभाव क्षेत्र किटान गरी खानेपानीको विशेष कार्यक्रम लगिनेछ ।
६) आगामी २ वर्षमा गाउँपालिका भित्रका सबै घरमा एक घर एक धारा सहितको खानेपानी जडान गरिनेछ ।
७) गाउँपालिकालाई यसै वर्ष खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिनेछ ।
८) महाभारत गाउँपालिकाको उत्तर क्षेत्रमा अवस्थित मध्यभागमा रहेका खानेपानीका मुहानहरुलाई दिर्घकालीन योजना बनाई संरक्षित गरिनेछ । सस्कृलत प्रवदना यस गाउँपालिकामा रहको समुदायहरुको सस्कृलतको संरक्षणको िागी पहि गररने छ ।

लैंगिक समान्ता र समावेशीकरण
१) बाल बिवाह न्युनीकरण गर्न सम्बन्धीत निकाय सँग सहकार्य गरी आवश्यक पहल गरिनेछ ।
२)लैंगिक समानता तथा सामाजजक समबेशीकरण प्रिद्धन गनय मदहरÞा, िारिÞासरÞका, दसरÞत, आददिासी जनजातत, जेष्ठ नागररक तथा अनÞाङ्गता भएका व्यजततहरुको सशततीकरण गनय आिश्यक ककमता षिकासका कायक्रयमहरू सचककारÞन गरीनेछ ।

३) महिलाहरुलाई सिपमूलक तालिम प्रदान गरी क्षमता अभिवृद्घी गराई उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
४) लैंगिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला निकायहरुसँग अन्तरक्र्रिया कार्यक्रम संचालन गरिनेछ , किशोरीहरुको क्षमता अभिवृद्घी कार्यक्रम संचालन गरिनेछ ।
५) अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै अपाङ्गता भएका ब्यक्तिहरुका लागि सीप बिकास तालिम संचालन गरिनेछ ।
६) महाभारत गाउँपालिकाको नागरिकहरुको प्रतिव्यक्ति आय वृद्धि ,महिला बालवालिका,जेष्ठ नागरिक ,अपांगता भएका व्यत्तिहरु प्रति सम्माजनक व्यवहार गर्दै आयमुलक रोजगारिको सिर्जना गरिनुको साथै अपांगता जेष्ठ नागरिक दलित र एकल महिलाहरुले सामाजिक सुरक्षाको प्रत्याभुति प्राप्त गर्ने नीति अवलम्बन गरिनेछ ।
७) सामाजिक भेदभावको न्युनिकरण भई समतामुलक समाज निर्माण गर्ने प्रयत्न गरिनेछ ।
८) एनजीओ आईएन्जीओसँग सहकार्य र समन्वय गरी विकासका लागि साझेदारीको रुपमा सहभागीे गर्न एकद्धरा नितिको माध्यमबामट अवलम्बन गर्ने निति लिईनेछ ।

पुवााधार लवकास
सडक निर्माण
१) जिल्ला सदरमुकाम धुलिखेलबाट गाउँपालिका केन्द्र सम्म जोड्ने सडकलाई पहिलो प्राथमिकता राखी बजेट विनियोजन गरिनेछ ।
२) गाउँपालीकाको केन्द्रबाट प्रत्येक वडा केन्द्रसम्म र प्रत्येक वडाकेन्द्र देखि प्रत्येक गाँउसम्म न्यूनतम मापडण्ड अनुसारको सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
३) गाउँपालिका लभत्र ट्रयाक ओपन भइसकेका सडकहरुिाइ बाह्र ैमलहना चल्ने बनाउन सडकहरुको स्तरोन्नतीमा आवश्यक पहि गररनेछ । सडकहरुको लवस्तृत आयोजना प्रलतवेदन तयार गरी क्रमानगुत तवरिे स्तरोन्नती गद ै िलगनेछ । अत्यावश्यक अवस्था बाहके नयाँ ट्रयाक ओपन गररने छ ।
४) गाउँपालिकाको पारवाहन गरुुयोजना तयार गरी गाउँपालिकाका सबै वडाहरुिाइ व्यवलस्थत तरीकोि सडक संजािमा जोड्ने काया अलघ बिाइनेछ ।
५) गाउँपालिका भित्रका निर्माणाधिन अवस्थामा रहेको सडकहरुलाई प्राथमिकताका साथ सम्पन्नमा जोड दिईनेछ ।
६) गाउँपालिकाको केन्द्र र वडा कार्यालयहरुमा जोड्ने सडक आगामी २ वर्ष भित्र ट्रयाक खोल्ने लक्ष्य लिईनेछ ।

७) गाउँपालिका भित्रका सडकहरुलाई मापदण्ड बनाई ठुलो सडक ८ र साना सडक ६ मिटरको बनाईने छ र सडकको मूल केन्द्रदेखि दायाँ ७.५ बायाँ ७.५ गरि जम्मा १५ मिटर भित्र घर बनाउन रोक लगाईनेछ ।
८) अब खुल्ने नयाँ ट्रयाकहरुमा अनिवार्य नालीको व्यवस्था गरिनेछ र १२ महिना चल्ने बनाउनका निम्ती यस अघि ट्रयाक ओपन भएका सडकहरुमा नालीको व्यवस्था गरिनेछ ।
९) यो विकट गाउँपालिकाका सबै वस्तीहरु सडक सञ्जालसँग नजोडिसकेको हुनाले आगामी २ आर्थिक वर्ष यस महाभारत गाउँपालिकाको लागि सडक वर्ष हुनेछ र सोही बमोजिम बजेटमा प्राथमिकता दिइनेछ ।
१०) नेपाल सरकारको १ स्थानीय तह १ कालोपत्रे सडकको नीतिलाई यस गाउँपालिकाको हकमा तत्काल कार्यान्वयका निम्ती जोडदार माग सहित पहल गरिनेछ र यस कार्यका लागि यस गाउँपालिकाको सदरमुकाम हुदै मकवानपुर जोड्ने सिपाली बुढाखानी बनखु गोकुले मकवानपुर सडकलाई अगाडि बढाइनेछ ।
११) उत्कृष्ट काम गर्र्ने उपभोक्ता समितिलाई पुरष्कृत गरिनेछ ।
१२) गाउँपालिका स्तरीय चक्रपथ निर्माणको अध्ययन एवम् डी.पि.आर. तयार गरिनेछ ।
१३) गाउँपालिका तथा वडा स्तरीय महत्वका सडक तथा पुल योजनाहरुको डि.पि.आर तयार गर्न बजेटको व्यवस्था गरिनेछ ।
१४) पूर्वाधार विकास तर्फ भौपरी आईपर्ने कार्यलाई सञ्चालन गर्ने उद्देश्य अनुरुप भौपरी कोष स्थापना गर्ने नितिलाई अबलम्बन गरिनेछ ।
१५) गाउँपालिका भित्रको समग्र वृत्तचित्र (ख्ष्ििबनभ एचयाष्भि) तयार गरी दिगो विकासका योजना निर्माण गर्नको निमित्त बजेटको व्यवस्थापन गर्ने निति लिइनेछ ।
१६) यस गाउँपालिका लभत्र रहको सडकहरुको ममात सम्भार गने प्रयोजनको िागी ममात कोष स्थापना गरी बाह्र मलहना नै सडक संचालनमा जोड दिइने छ

भवन तथा शहरी विकास
१) भिन तनमायणरÞाइ व्यिजस्थत गनय गाउा‘नÞासरÞकाको भिन तनमायण सककदहता बनाइ रÞागु गररनेछ । साथै व्यिजस्थत शहरीकरणरÞाइ प्राथसमकता ददइ सोदह बमोजजम गुरुयोजना तनमायण गरी अतघ बदढनेछ ।सबै वडा कार्यालयहरुमा आगामी ३ वर्ष भित्र केन्द्र र प्रदेश सरकारसगँ समन्वय गरी सुचना प्रविधि युक्त्त पक्कि भवन निर्माण गर्ने लक्ष्य लिइनेछ ।
२) केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी आगामी ३ वर्ष भित्र गाउँपालिकाको कार्यालय भवन सम्पन्न गरिनेछ ।
३) पुनर्नीमाण अन्र्तगतको नीजि आवस निर्माणमा राष्ट्रि«य पुननिर्माण प्राधिकरण सँग प्रभावकारी समन्वय गर्ने र गाउँपालिका मार्फत भवन निर्माण कार्य्विधि निर्माण गरी नक्सा पास गरेर मात्र भवन निर्माण गर्ने नीति लिईनेछ ।
४) यस गाउँपालिकाको वडा नं.१,६,७,८ मा एकिकृत वस्ती विकासको सम्भाव्यता अध्ययन गरि एकिकृत वस्तीलाई व्यवस्थीत बनाउन पहल गरिने छ ।

कृषि तथा सिचाई
१) गाउँपालिकाभित्रका कृषी योग्य जमिनहरुमा सम्पूर्ण रुपले सिचाईको व्यवस्था गरिनेछ, कुलोमार्फत सिचाई नहुने जमिनहरुमा थोपा सिचाई र प्लाष्टिक पोखरी मार्फत सिचाईको व्यवस्था गरिनेछ ।
२) यस गाउँपालिकाबाट तरकारीजन्य कृषि उपज मार्पmत कृषकहरुको जीवनस्तर माथि उकास्न भौगोलिक कठिनाईले तत्काल संभावना नदेखिएको कारणले गर्दा पशुपालन तथा कफि, अलैची जस्ता नगदे कृषि क्षेत्रलाई प्रोत्साहन दिईनेछ र सोको लागि कफी, अलैची र पशुपालनमा व्यवसायिक रुपमा संलग्न कृषकहरुलाई मापदण्ड बनाई विशेष अुनदानको व्यवस्था मिलाईनेछ ।
३) यस गाउँपालिका स्तरीय एक बृहत कृषि हाट बजारको स्थापना गरिनेछ ।
४) कृषि तथा पशुपालनको क्षेत्रमा बृहत कृषि मेलाको आयोजना मार्फत नमुना कृषकहरुको छनोट गरी पुरस्कृत गरिनेछ ।
५) पशु प्रजनन प्रक्रियामा परम्परागत शैलीलाई निरुत्साहित गर्दै कृत्रिम गर्भाधारणको व्यवस्था गर्नेछ र उन्नत जातका चौपाय उपलब्ध गराइनेछ ।
६) प्रत्येक वडामा एक जे.टि.ए र भेटनरी कार्यकर्ताको व्यवस्था गरिनेछ ।
७) यस गाउँपालिकामा उत्पादित कृषिजन्य सामाग्री हालसम्म नै पूर्णतः विषादी रहित भएकोले आगामी दिनहरुमा पनि यसलाई पूर्णत नियन्त्रण गरी यस गाउँपालिकालाई कृषि अर्गानीक गाउँपालिकाको रुपमा स्थापित गरिनेछ ।
८) गाउँपालिका लभत्र संचािन गना सढकने बृहत लसचाइ पररयोजनाहरुको लवस्तृत आयोजना प्रलतवेदन तयार गरी आवश्यक बजेट व्यस्थाको िालग संघीय तथा प्रदेशबाट पहि गररनेछ ।

सूचना तथा संचार
१) नागरिकको सूचना सम्बन्धि हकलाई पूर्णरुपमा पालना गर्दै यर्स वर्षदेखि गा.पा. कार्यालय, सबै वडा कार्यालयहरु र अन्य सरकारी कार्यालयहरुमा नागरिक वडापत्र लाई व्यवस्थित रुपमा राखिनेछ ।
२। विकास सम्बन्धि सबै योजनाहरुको लागत, बजेट एवम् विनियोजित बजेटहरुको सम्पूर्ण जानकारको लागि आयोजना निर्माण स्थलमा सूचना बोर्ड राखिनेछ ।
३। योजनाको समापन पश्चात सार्वजनिक सुनुवाई कार्यक्रम कडाई पूर्वक लागू गरिनेछ ।
४। बनखु, बुढाखानीको भूमेचूलीमा नेपाल टेलिकमको टावर राख्नका लागि पहल गरिनेछ ।
५। छिमेकी गाउँपालिकाहरुकोे साझेदारीमा एफ.एम. सञ्चालन गरिनेछ ।
उर्जा
१ बैकलल्पक उजा ाप्रवदनाका िागी सुधाररएको चिुो प्रयोगका िालग प्राथलमकता ढदइनेछ ।

२ बैकलल्पक उजााको रुपमा प्रयोग गररन ेसौय ाउजााको व्यबस्थापनका िागी केन्द्र तथा प्रदशे सरकारसँग समन्द्यव गरीने लनलत लिइनेछ ।
३ आगामी ४ बर्षभित्र केन्द्रिय लबद्युलतकरण लाइन गाउँपालिकाको सबै स्थानमा पुराईनेछ ।

लघु तथा साना जिलबद्युत
१। यस महाभारत गाउँपालिका लभत्र संचािनमा रहके ा िघ ु तथा साना जिलबद्युतको बज्ञै ालनक ब्यबस्थापनका िागी पहि गररने छ ।
२। कोखाजोर खोिामा लबद्युत उत्पादनका िागी हाइरोपावरको सम्भाव्यता अध्ययनका िालग केन्द्र तथा प्रदशे सरकारसँग समन्द्यव गरीने छ ।

वातावरण तथा लवपद व्यवस्थापन
१। गाउँपालिकाबाट सडक निर्माण लगायतका विकास निर्माण कार्य संचालन गर्दा वातावरणीय प्रभाव मुल्यांकन गरी वातावरण मैत्री बनाइनेछ ।
२। चट्याङ्गको सुरक्षाका लागि अति संवेदनसिल क्षेत्रमा लाइटिङ्ग एरेष्टरको प्रयोग गरी चट्याङ्गबाट वर्षेनी भइरहेको मानविय क्षतिलाई न्युनिकरण गर्ने प्रयास गरिनेछ ।
३। सामुदायिक वनहरुसँगको सहकार्यमा वन तथा जलाधार क्षेत्रको संरक्षण गरिनेछ ।
४। सडकहरुको स्तरोउन्नति गरिने सडकहरुको विस्तार गर्दा वातावरणिय सन्तुलनलाई ध्यान दिई खासगरि पानिको मुहान खोला खोल्सी वनको संरक्षणलाई प्राथमिकता दिइनेछ ।
५। महाभारत लेक र यस गाउँपालिकाको दक्षिणी भेग चुरे क्षेत्रमा रहेका चुरे प्रकृतिका वनलाई विशेष कार्यक्रम बनाई संरक्षण गरिनेछ र जन उपयोगी बनाइनेछ ।
६। गाउँपालिकाभित्रका वन क्षेत्रलाई विशेष संरक्षण गरिनेछ, अनाधिकृत वन फडानी, रुख कटान र डढेलो लगाउने जस्ता कार्य गर्ने प्रति कडा कारवाही गरिनेछ, सामुदायीक वनमा देखिएको बेथितीलाई पनि गाउँपालिकाबाट उचित कार्य अघि बढाईनेछ ।
७। प्रत्येक घरमा रुख रोप्न विशेष प्रोत्साहन गरिनेछ, रुख रोप्ने, वन जंगल संरक्षण गर्ने, घर तथा वस्ती वरीपरीको वातावरणलाई हरियाली बनाउने घर वा वस्तीलाई वातावरणमैत्री टोल, वस्ती वा घर घोषण गरी पुरष्कृत गरिनेछ ।
८। यस गाउँपालिकामा पर्ने विपद व्यबस्थापनका लागि विपद व्यवस्थापन कोष स्थापना गर्ने निति लिइनेछ ।
९. एक घर एक फिफुिको लबरुवा ू िगाउने लनलतको अविम्बन गररने छ ।

शसुासन तथा सस्ंथागत बिकास तर्फ
१। स्थानीयतहहरुबाट सम्पादन हुने हरेका आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ । गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । विकास कार्यहरुको व्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।
२। निर्वा्चित पदाधिकारी तथा कर्मचारी प्रशासन संयन्त्रलाई सबल, सक्षम, समावेशी, जवाफदेही, सदाचारी, पारदर्शी र वित्तीय जोखिम युक्त बनाइनेछ ।
३। वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारका रुपमा विकास गरिनेछ । वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ ।
४। गाउँपालिकाद्धारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता जवाफदेहिता र नागरिकमा सन्तृष्टि कायम गर्ने उद्देश्य राख्ने नीति तथा कार्यक्रम नीति लिईनेछ ।
५। गाउँपालिका भित्रका सबै कार्यालयहरुमा आबश्यकता अनुसार कर्मचारीहरुको व्यवस्था गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक पुर्वाधार, ईन्टरनेट प्रणाली, सूचना प्रणालीको बिकास गर्दै जनप्रतीनिधी तथा कार्यालयका कर्मचारीहरुलाई क्षमता बिकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
६। वित्तिय व्यवस्थापनको जवाफदेहिता र क्षमतामा अभिबृद्धि गर्न लेखाङ्कन प्रणालीलाई चुस्त दुरुस्त र कम्प्युटराईज गरिनेछ।
७। कार्यक्रम तथा बजेटको आय व्यय विवरण सजिलै देखिने ठाउँमा टाँस गर्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रम चौमासिक रुपमा सञ्चालन गरिनेछ ।
८। सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ्ग प्रणाली मार्फत गर्नुका साथै यस गाउँपालिकाबाट हुने सम्पुर्ण कारोवारहरु बैकिङ्ग प्रणाली मार्फत सन्चालन गर्ने प्रकृया अघि बढाइनेछ ।
९। सार्वजनिक खरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र गुणस्तरिय बनाउदै लगिनेछ ।
१०। समिक्षा, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता सुशासनलाई प्रवर्धन हुने कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
११। भ्रष्टाचारजन्य क्रियाकलाप प्रति शुन्य सहनसिलताको अवधारणा मार्फत शुसासनमा टेवा पु¥याईनेछ।बेरुजुलाई नियन्त्रण गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाईनेछ । पलिकरणिाई व्यवलस्थत गना अनिाईनमा आधाररत घटना दताा कायािाइ प्रत्येक वडाबाट संचािन गररनेछ ।
१२।गाउपालिकाको पाश्वलचत्र, श्रोत नक्सा र लवकास गलतलवलध सम्वन्द्धी समेरटएको वृत्तलचत्र लनमााण गरी गाउँपालिकाको वास्तलवक दपाण जानकारी गराईनेछ ।
१३। सेवा प्रवाहमा सहजता ल्याउन गाउँ कायपाालिकाको कायाािय तथा वडा कायािायहरुिाई फर्थनचर, कम््युटर तथा मेलसनरी औजारिे सुसलित गरी सेवा प्रवाहिाई चुस्त र दरुुस्त बनाइनेछ ।
१४। दीगो र भरपदो आयका स्रोतहरु माफात राजश्व संकिन र त्यसको समुलचत पररचािनलवना स्थानीय स्वायत्तताको प्रवधान सम्भव छैन ।सम्पती कर िागु गररनेछ तथाथप राजस्वका क्षेत्र पलहचान गरर दायरा लवस्तार गने प्रयास गररनेछ ।

अन्त्यमा उपस्थित सभाका सदस्यहरु, यस सभामा आत्थ्यिता ग्रहण गरी गाउँपालिकाको निति, कार्यक्रम तथा बजेट सम्बन्धमा महत्वपूर्ण सुझाव एवम् मार्गदर्शन प्रदान गर्नु हुने उपाध्यक्षज्यू, वडा अध्यक्षज्यरुहरु, कार्यपालिकाका सदस्यज्यूहरु, राष्टसेवक कर्मचारीहरुप्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछु । कार्यक्रममा सहभागी भई हामीलाई हौसला प्रदान महाभारत गाउँपालिका बासी प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाको विकासका हरेक अभियान निरन्तर साथ, सहयोगको अपेक्षा गर्दछु । धन्द्यवाद ।

कान्छालाल जिम्बा
अध्यक्ष
महाभारत गाउँपालिका
मितिः २०७५।०३।२८

महाभारत गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी माझीले प्रस्तुत गरेका आर्थिक वर्ष २०७५।९७६ को बजेटको पूर्ण विवरण यस्ताे छः

 

 

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।