मलेसियाको जोहोरबारुमा ल्होछार सांगीतिक कार्यक्रम सम्पन्न

लनाम दोङ तामाङ
मलेसिया । नेपाल प्रबासी तामाङ युवा मञ्च मलेसियाको आयोजनामा आइतबार मलेसिया स्थित जोहोरबारुमा २८५५ औं सोनम ल्होछार संगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

मलेसियाको जोहोरबारुमा ल्होछार सांगीतिक कार्यक्रम सम्पन्न

ल्होछार सांगीतिक कार्यक्रममा तामाङ जातिको उत्थान, भाषा, धर्म र सँस्कृति झल्काउने पहिरनमा दर्शकहरुको उपस्थिति रहेका थिए । स्थानीय कलाकारहरुको नृत्य, गायन तथा हाँस्य व्यँग्य जस्ता दमदार प्रस्तुति रहेको थियो । जोहोरबारुको ए.बि.ईन होटेलमा सम्पन्न उक्त कार्यक्रम कार्यक्रम दिनेश थिङ तामाङले संयोजन गरेका थिए ।

मलेसियाको जोहोरबारुमा ल्होछार सांगीतिक कार्यक्रम सम्पन्न

कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने बुद्धिजीवी अगुवाई, संघसंगठन, कलाकार, मिडिया पार्टनर लगायत सम्पुर्ण उपस्थित महानुभबहरुलाई संयोजक तामाङले धन्यवाद समेत दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।