नविन स्याङ्तान ।
लण्डन । यूकेको बिभिन्न शहरहरुमा छरिएर रहेका तामाङहरुले लण्डन स्थित ह्यारो बोरो फुटबल क्लबमा आइतबार धुम–धामका साथ २८५५ औ फाग सोनाम ल्होछार मनाएका छन् ।

कार्यक्रम तामाङ समाज युकेको आयोजनामा भाएको हो । उक्त कार्यक्रममा नेपालबाट आएका चर्चित म्हेन्दो माया गायक यूबी मांग्रेसा, सुवास मोक्तान र डिजे चाद एण्ड म्युजिक र स्थानीय कलाकारहरुको बेजेड प्रस्तुति रहेको थियो ।

सन २००६ मा स्थापित उक्त समाजले बिभिन्न सामाजिक कार्यका साथै निरन्तर आफ्नो मौलिक पर्ब ल्होछार मनाउदै आएको छ । कार्यक्रम समाजका अध्यक्ष कुमार स्याङ्तान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























