सुनिता दोङ तामाङ
इराक । नेपाली शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा इराकको सुलेमानीमा ‘ग्याल्पो ल्होसार कार्यक्रम’ को आयोजना गरिने भएको छ । कार्यक्रमको आयोजना हिमालयन शेर्पा यूनिक ग्रपले गर्न लागिएको हो ।
‘भाषा, धर्म, कला, सँस्कृति र भेषभुषा हरेक जाजातिको पहिचान हो, आफ्नो पहिचानको संरषण तथा सम्बद्र्धन गरौं ।’ मूल नाराका साथ कार्यक्रम हुन लागेको ग्रुपका उपाध्यक्ष ठूलो कान्छा शेर्पाका जानकारी दिए । शेर्पाका अनुसार कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमका साथमा ल्होसार शुभकामना आदान प्रदान समेत हुने भएको छ । कार्यक्रम आगामी मार्च ८ तारिखका दिन नोबेल हल सर्चिनर सुलेमानीमा हुन लागेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























