काभ्रे । जिल्लाको तेमाल गाउँपालिकामा प्रथम तेमाल गाउँपालिका स्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । गत बिहिबार सम्पन्न उक्त प्रतियोगिता तेमाल गाँपालिका खेलकूद विकास समितिको आयोजनामा भएको थियो ।
प्रतियोगितामा पनौति डोजो प्रथम, आयोजक टिम दोस्रो र पाँचखाल डोजो तृतिय भएको छ । प्रतियोगितामा उत्कृष्ट महिला ४५ केजीमा मिना ब्लोन (पनौति डोजो) र उत्कृष्ट पुरुष ३५ केजीमा अभिषेक तामाङ (आयोजक टीमबाट) भएका छन् ।

प्रतियोगितामा १ सय ३७ जना खेलाडीहरुले भाग लिएका थिए । जस्मा ओको महिला खेलाडी ४० जना, किक बक्सिङ ८ जना गरि ४८ जना महिला खेलाडीहरुको सहभागीता रहेको थियो । त्यसैगरि ओको पुरुष खेलाडी ८१ जना र किक बक्सिङ पुरुष खेलाडी ८ जना गरि ८९ जनाले भाग लिएका थिए ।
प्रतियोगितामा ७ वटा डोजोले सहभागीता रहेको थियो । रेफ्री संयोजक भने नेपाल कराँते महासंघ राष्ट्रिय रेफ्री काउन्सीलका अध्यक्ष राजेन्द्र कपाल रहेका थिए ।

औपचारिक कार्यक्रमको उद्घाटन तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल कराँते महासंघ तथा सितोरियो कराँते संघका केन्द्रिय अध्यक्ष दावा गुरुङ रहेका थिए । खेलकुद समितिका अध्यक्ष दुर्गामाया तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष तथा खेलाडी एवं राष्ट्रि रेफ्री सूर्यबहादुर घिसिङले गरेका थिए ।
























