भक्तपुर । गजलकार एवं त्रिपुरा न्यूज साप्ताहिकका प्रकाशक एवं प्रधान सम्पादक विकास प्रहरको गजल रक्त लाली पोतिएको अधर जाली तिम्रो बजारमा आएको छ ।
उक्त म्यूजिक भिडियो विकास प्रहरको एकल गजल विषेश कार्यक्रममा विमोचन भएको हो ।

गजल गायक एवं संगीतकार राज सागरको स्वर तथा संगीतमा उक्त गजल बजारमा आएको हो ।

गजलको म्यूजिक भिडियोमा संगीत संयोजन राजन इसानले गरेका छन् भने निर्देश्न पासाङ योञ्जन लामाले गरेका हुन् ।
म्यूजिक भिडियोको छायाङकन अमृत सुनुवारले गरेका हुन् भने सम्पादन सुसिल न्यौपानेले गरेका हुन् ।

भिडियोमा मोडलका रुपमा निराञ्जली लामा र गायक राज सागरका साथ गजलकार प्रहरकी छोरी निस्कृति थापालाई देख्न सकिन्छ ।

म्यूजिक भिडियोको प्रस्तुत कर्ता भने विनिता पाण्डे रहेकी छन् ।
भिडियो हाइलाईट्सको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।
भिडियो

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।