श्याम डेसुर तामाङ
यूयई । बैदेशिक रोजगारको सिलसिलामा यूएई(दुवई)मा कार्यरत गोरखा जिल्ला, आजिरकोट गाउँपालिका वडा नं.२, खरिबोट, खिन्पुका रामु बम्जन तामाङ वेष्ट इम्प्लोइ घोषित भएका छन् ।
तामाङ वेष्ट इम्प्लोइ पुरस्कारबाट पुरस्कृत समेत भएका छन् । यूएईमा विगत ६ वर्षदेखि कार्यरत युएईको राष्ट्रिय दिवसको अवसरमा बेष्ट इम्प्लोई घोषित हुँदै पुरस्कृत भएका हुन् । उलनलाई केही दिन अघि तावाजुन इण्डुस्ट्रील पार्क कम्पनीका प्रमुख कार्यकारी निर्देशक फाईज सलेह अल नहदीबाट बेष्ट इम्प्लोई–२०१८ को उपाधी, मेडल नगद राशी ३ हजार दिरम अर्थात नेपाली रुपैयाँ १ लाख, मेडल र प्रमाण पत्रबाट पुरस्कृत भएका छन् । पुरस्कृत तामाङलाई कुशल, ईमान्दार कार्य गरेकाले कम्पनीले पुरस्कृत गरेको जनाएको छ ।
विदेशमा रहेपनि इमान्दारीता पूर्वक काम गरेपछि पुरस्कृत हुने चलान रहे पनि नेपालमा भने यस्तो चलान रहेको छैन ।
























