विजय अधिकारी / काभ्रेपलाञ्चोक
एकाविहानै पाँचखाल देखि माथि पलाञ्चोकको डाँडामा सरर केवुलकारमा पुगियो ! पलाञ्चोक भगवती मन्दिर दर्शन गरि चियाको चुस्कि सँगै पाँचखाल उपत्यकालाई यसो नियालेँ, पुरै हरियाली छ । सिँचाईले गर्दा कृषिमा निकै फड्को मारेका पाँचखालका किसानले ठुला ठुला महल बनाउन सक्ने भएछन, होटलहरु, रिसोर्टहरु, पार्कहरु उत्तिकै देखिने !
सुन्दर फलफुल बगैंचाले ढकमक्क पाँचखाल ! पाँचखालका नागरिकको रहनसहन पनि निकै धेरै बदलिएको स्वास्थ्य र सिक्षामा ठुलो फड्को मारेको । कृषिको केन्द्रीय विश्वविद्यालय पनि रहेछ । वालि अनुसन्धान केन्द्रले अन्वेषण र अनुसन्धान पनि दरो गरिरहेको । उता पशुपंक्षि लाई व्रिडिङ गरेर पशुपालनमा पनि श्रेष्ठता हासिल गरेका पाँचखालेले ! पाँचखालेहरुको दैनिकि नै फेरिएको ; कार नहुने परिवार नगन्य रहेछन । वातावरण मैत्री विद्युतिय सवारिमा अझ धेरै लगाव रहेछ ।
सुख्खा बन्दरगाहले गर्दा यहाँको जनजिवनमा अझ धेरै टेवा पुगेको रहेछ । पाँचखालका डिहिहरु र थुम्काहरुमा (जहाँ खेती हुदैन) बस्ती र बजार चलेको, विराटनगर जस्तो कंक्रिट महलले खेतीयोग्य जमिन ढाकेको हैन रहेछ । पाँचखाल उपत्यकाको वरिपरिका पहाडको फेदि भै मोनोरेल कुदाईएको रहेछ, बाहिरी चक्रपथ निर्माण गरिएको रहेछ । अरनिको राजमार्ग अाठ लेनको विकसित गरिसकिएको रहेछ । फराकिला शडक अनि हरियाली उपत्यका अाहा पाँचखाल ! सरकारले पाँचखाललाई अौद्योगिक शहर भन्दा पनि पारवहनको ट्रान्जिट शहरको रुपमा विकशित गरेको रहेछ ।
पहिलाको जस्तो धुवाँयुक्त ईट्टाभट्टाहरु रहेनछन् , सवैले वातावरणमैत्री ईट्टा प्रयोग गरेकोले गर्दा प्रदुषण नियन्त्रण भएको रहेछ , ठुला फर्निचर उद्योगलाई अावास क्षेत्र भन्दा निकै परको डाँडामा मात्रै खोल्न अनुमति दिएको । फर्निचर उद्योग बाट निस्कने प्रदुषणको व्यवस्थापनमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको । व्यवस्थित वसपार्क ! फोहोरमैला नियन्त्रण , ढल निकाश र अचम्म डम्पिङ साईटमै पर्यटन छ उद्यान छ, मनोरञ्जन पार्क छ, अहँ दुर्गन्ध त छदै छैन, एकदमै राम्रो व्यवस्थापन धनकुटाको जस्तो ! यो देख्दा दुवईको कवरस्थानमा ( लास गाड्ने ठाउँ) अाकर्षक बगैचा निर्माणको झझल्को मेटाउने ! ऐतिहासिक राजकुलोको संरक्षणमा पाँचखालको भुमिका ! राजकुलो पूरा १५ मिटरको हैट ! हरेक मुख्य मुख्य गाँउहरु सम्म कालोपत्रे भएको, जसका कारण यहाँको बसाइँसराइ नियन्त्रणमा अाएको रहेछ । अाम नागरिकको घरघरमै अाधारभुत सेवा सुविधा उपलब्ध रहेछ ।
झिगुखोलामा पानिको पहुँच पुर्याउन , सुनकोसि लिफ्टिङबाट अनैकोटको फेदिमा ठूलो कृतिम जलासय पोखरि बनाई झिगुखोलामा पानी बगाईएको ! उता ईन्द्रावति लिफ्टिङ समेत त्यहि संजालमा जोडिएको ! खानेपानी सप्लाई पनि पर्याप्त । सिंचाई पनि पर्याप्त ! झिगु खोलामा निरन्तर पानी भरिएर वगिरहेको ! दोलालघाट सम्म धरान चतरा देखि १०० – २०० जना बोक्ने प्यासेन्जर स्पिडबोट अाउन थाले सँगसँगै दोलालघाट बाट नजिकैको पाँचखालको विशेष अार्थिक क्षेत्र भारत र चिन विचमा पारवहन ट्रान्जिटको रुपमा विकसित भएको रहेछ ।
अाहा पाँचखालदेखि काठमाडौं सुरुङमार्गबाट ५ मिनेटमा पुगिने भएछ ! कति ठुलो प्रगति पाँचखालको ! झल्यास्स व्युँझिए अोच्छ्यानमा विहानिको सिरेटोले चिसो चिसो भएको सिरकनै नछोडौ जस्तो भयो !
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























