श्याम ङेसुर तामाङ
काठमाडौ । नेपाल आदिवासी जनजाती महासंघ, ईजराइलले नेपालको प्रथम सहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस एक कार्यक्रमका बीच मनाइएको छ ।
शुक्रबार महासंघको सचिवालय ईजरायलमा नेपालका प्रथम सहिद मगरको स्मृति दिवस समारोहको आयोजना गरेको हो ।
गैर आवासिय नेपाली संघ, ईजराइलका कार्यबहाक अध्यक्ष शान्ता अधिकारीले सहिद थापाको तस्बिरमा फुलमाला अर्पण गरि श्रद्धासुमन प्रकट गर्दै नेपालको प्रथम सहिद लखन थापा मगरको परिवारलाई राज्यले उचित सम्मान गर्नु पर्ने बताए ।

समारोहको प्रमुख अतिथी समेत रहेकी अधिकारीले सहिदले देखाएको बाटोलाई शब्दमा होईन ब्यवहारमा उतार्नु पर्ने बताएकी छिन् ।
महासंघका महासचिव समीर स्याङबा ह्योल्मोले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त समारोहमा महासंघका पदाधिकारीहरु, ईजरायलमा रहेका राजनितिक, सामाजिक, जातिय, धार्मिक लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समारोहमा नेपाल आदिवासी जनजाती महासंघ, ईजराइलका पुर्ब अध्यक्ष निर्मला गुरुङ, अन्तर्रास्ट्रिय नेपाली समाज ईजरायल (नयाँ शक्ती) अध्यक्ष तेज श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासङ्घ, ईजरायलका पुर्ब सदस्य मन राना मगर लगायतका बक्ताहरुले प्रथम सहिद लखन थापा मगरको योगदानका बारेमा चर्चा गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष तारा काउचा मगरको सभाअध्यक्षतामा समारोह सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महासङ्घका सचिब खुशी घलेले गरेका थिए ।
























