मिस तामाङका प्रतियोगिहरुको 'ट्यालेन्ट शो' सम्पन्न

काठमाडौं । ‘मिस तामाङ–२०१९’ का प्रतियोगिहरुको ट्यालेन्ट शो कार्यक्रम सम्पन्न भएको छ । उक्त ट्यालेन्ट शो शनिबार काठमाडौंमा भएको सम्पन्न भएको हो ।

एभरेष्ट फेशान होम र नेपाल तामाङ कला सँस्कृति केन्द्रको संयुक्त आयोजनामा हुन लागेको मिस तामाङको विभिन्न अडिशन पार गर्दै उक्त मिस ट्यालेन्ट शोको आयोजन गरिएको एभरेष्ट फेशान होमका अध्यक्ष रञ्जीता लामाले तेमाल अनलाईनलाई बताइन् ।

उक्त ट्यालेन्ट शोमा २३ जना प्रतियोगिहरुले भाग लिएका थिए । प्रतियोगिहरुले नृत्य, गायन, अभिनय, भाषण, थाङ्का कला, कविता बाचन लगायतका विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । प्रतियोगिहरु काठमाडौं, दोलखा, रामेछाप, काभ्रे, चितवन, सिन्धुली लगायका जिल्लाका रहेका छन् ।

मिस तामाङका प्रतियोगिहरुको 'ट्यालेन्ट शो' सम्पन्न

यस अघि आयोजकले मिस तामाङको विजेतालाई १ लाख नगद र सिल्बर क्राउन, गिफ्ट हेम्पर, त्यस्तै फास्ट रनर अपलाई ५० हजार नगद, सिल्भर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ट रनरअपलाई २५ हजार नगद, सिल्भर क्राउन र गिफ्ट हेम्परको ब्यवस्था गरिएको घोषणा गरिएको थियो । मिस तामाङको फाइनल फागुण १८ गते नेपाल प्रज्ञाप्रतिष्ठान भवन, कमलादीमा हुँदैछ ।

मिस तामाङका प्रतियोगिहरुको 'ट्यालेन्ट शो' सम्पन्न

Comments

comments