मलेसियामा नेपाल प्रबासी तामाङ युवा मञ्च गठन, अध्यक्षमा प्रकाश वाइबा

लनाम दोङ तामाङ
मलेसिया । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका तामाङ युवाहरुको एक भेलाले नेपाल प्रबासी तामाङ युवा मञ्च गठन गरेका छन् ।

भेलाले मञ्चको अध्यक्षमा प्रकाश वाइबा तामाङलाई चयन गरेको छ । तामाङ समुदायको भाषा, धर्म, संस्कृति जगेर्ना गर्ने, रोजगारीको शिलसिलामा समस्या परेका नेपालीको उद्धार र सहयोग गर्ने, नेपालमा रहेको तामाङ जातिको गुम्बा, म्हने, छ्योर्तेन पुनर्निर्माण कार्यमा आर्थिक सहयोग जुटाउने, स्वास्थ्य, अनाथ बालबालिका र शिक्षा क्षेत्रमा छात्रवृत्ति दिने लगायतका उद्देश्य लिएर उक्त मञ्च गठन गरिएको अध्यक्ष तामाङले बताएका छन् ।

भेलाले मञ्चाको उपाध्यक्षमा सबिन लामा, संगीता लामा, महासचिवमा दिनेश थिङ तामाङ, सचीवमा बिराज तामाङ, स–सचिवमा गौरी तामाङ, कोषाध्यक्षमा बिनोद स्याङतान, स–कोषाध्यक्षमा मनिषा स्याङतान चयन भएका छन् भने सदस्यहरुमा वाङ्जेन लामा, मेघा पाख्रीन, रमेश थिङ, बिमली तामाङ, सिङगम स्याङतान, बिकास तामाङ, बुद्धि स्याङतान, राजकुमार वाइबा, राजकुमार थिङ, सन्तोष बोम्जन, दावा योन्जन, बिमल वाइब, सन्चा तामाङ, अस्मिता तामाङ रहेका छन् ।

मञ्चका महासचिव दिनेश थिङका अनुसार तत्काल गुम्बा निर्माण र अनाथ बालबालिकाको लागिरु.३४ हजार ६ सय २५ रुपैयाँ नेपाल पठाउने निर्णय समेत भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।